१२ असार २०८३, शुक्रबार

ड्युटीमा रहेका प्रहरीलाई हातपात गरेको आरोपमा स्कुटर चालक पक्राउ

पुस २३, २०८०
काठमाडौं
ड्युटीमा रहेका प्रहरीलाई हातपात गरेको आरोपमा स्कुटर चालक पक्राउ
फाइल फोटो

प्रहरीमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको मलङ्गवा नगरपालिका–६ घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका–३ खरिबोट बस्ने २६ वर्षीय अनमोल राम रहेका छन् । 

चन्द्रागिरि नगरपालिका–३ थानकोट बसपार्कस्थित कार्यक्षेत्रमा खटिएको प्रहरीमाथि हातपात गरेको आरोपमा उनलाई आइतवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त स्थानमा प्रहरी वृत्त थानकोट र ट्राफिक प्रहरी प्रभाग थानकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नागढुङ्गाबाट आउँदै गरेको बा ५७ प ५९४६ नं को स्कुटर चालक रामले प्रहरीमाथि हातपात गरेपश्चात उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।​​​​

स्कुटर चालकले हातपात गर्दा प्रहरीले बोकेको ह्याण्ड सेट एक थानमा क्षति पुगेको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्