
पछिल्लो समय बैंकहरूले गर्ने कर्जा प्रवाहमा शिथिलता आइरहेका बेला एनएमबी बैंकले भने निर्धक्कका साथ बिना धितो १५ लाखसम्म ऋण दिने स्कीम सार्वजनिक गरेको छ ।
बैंकले लघु तथा विपन्न वर्गका लागि तीन लाखदेखि १५ लाखसम्म बिनाधितो सहुलियतपूर्ण ऋण उपलब्ध गराउदै आइरहेको छ ।
'सहुलियतपूर्ण ऋणका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५'मा भएको प्रावधानअनुसार बैंकले बिनाधितो ऋण प्रवाह गर्ने गरेको हो ।
जस जसअन्तर्गत विभिन्न आठ प्रकारका व्यवसाय गर्न बैंकले सहुलियतपूर्ण ऋण उपलब्ध गराउने छ, भने सात प्रकारका ऋण बिनाधितो उपलब्ध गराउने छ ।
महिला उद्यमशीलता कर्जा अन्तर्गत बैंकले १५ लाख रुपैयाँ ऋण उपलब्ध गराउने छ भने कृषि तथा पशुपन्छी, वैदेशिक रोजगारीबाट फर्केका युवा र दलित समुदायका लागि १० लाख रुपैयाँ व्यवसाय गर्न ऋण प्रदान गर्ने छ ।
त्यस्तै, शिक्षित युवा स्वरोजगारका लागि ७ लाख, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षाका लागि ५ लाख र भूकम्प पीडितहरुको निजी आवास निर्माणमा लागि ३ लाख रुपैयाँ ऋण उपलब्ध गराउने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिएका छन् ।
कहाँ जाने,कसरी लिने?
कर्जाका लागि एनएमबि बैंकको जुनसुकै ब्रान्चमा जान सकिन्छ । ब्रान्च अफिसको कर्जा शाखामा पुगेपछि सम्पूर्ण प्रक्रियाबारे त्यहीँबाट जानकारी हुने एनएमबि बैंकले जनाएको छ ।
एनएमबि सन् २०२१ मा बैंक अफ दी इयर एसिया तथा सन् २०१७, २०१८, २०२० र २०२१ मा बैंक अफ दी इयर, नेपाल समेत भएको बैंक हो ।
यस बैंक नियमित वित्तीय करोबारका अलावा आर्थिक र सामाजिक उत्तरदायित्वका अन्य कार्य समेत गर्दै निरन्तर प्रगतिको पथमा अघि बढिरहेको छ ।
बेलायतको फाइनान्सियल टाइम्सअन्तर्गत दी बैंकर म्यागेजिनले छनोट तथा अवार्ड गर्दै आएको बैंक अफ दी इयर एसिया अवार्ड पाउने नेपालकै पहिलो बैंक समेत एनएमबि हो । बैंकले देशभरिमा २०१ शाखा, १६७ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा उत्कृष्ट बैंकका रूपमा सेवा पाउन सकिने यस बैंकले ग्राहक तथा समाजकै लागि पनि प्रभावकारी सेवा तथा योगदान दिएको छ । लामो समयसम्म एनएमबी बैंक बिस्तारै आफ्नो गतिमा अगाडी बढ्ने मध्यम बैंकको रुपमा रहेको थियो ।
तर पछिल्लो समय चुक्ता पुँजीको आधारमा देशकै उत्कृष्ट वाणिज्य बैंकको रेकर्ड पनि यस बैंकले बनाइसकेको छ । पछिल्लो समय व्यवसायको दर र नाफा मात्र नभई सेयर कारोबारमा पनि उच्च स्थान बनाएको छ ।
२०६५ सालमा स्थापना भएको एनएमबी बैंकमा क्लिन इनर्जी डेभलपमेन्ट, भृकुटी डेभलपमेन्ट बैंक, प्रुडेन्सियल फाइनान्स लगायत मर्ज भएपछि प्रगति अझै बढ्दै गएको छ ।