२० असार २०८३, शनिबार

पुनःस्थापना केन्द्रमा मृत्यु, अत्यधिक मदिरा सेवनको लतमा थिए थापा

पुस २३, २०८०
चितवन
पुनःस्थापना केन्द्रमा मृत्यु, अत्यधिक मदिरा सेवनको लतमा थिए थापा

 भरतपुर महानगरपालिका-५ नारायणपुरमा रहेको लाइफ केयर पुनःस्थापना केन्द्रमा एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका-८ का ५८ वर्षीय चित्रबहादुर थापाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार केन्द्रमा अचानक ढलेर उनको मृत्यु भएको हो । मृतकको शव पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए । थापाले अत्यधिक मदिरा सेवन गर्न थालेपछि उनको परिवारले यही पुस १७ गते पुनःस्थापना केन्द्रमा ल्याएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्