×

NMB BANK
NIC ASIA

अखिलबाट उदाएका अम्बरबहादुर: पञ्चायतमा उपप्रधानपञ्च, गणतन्त्रमा कोशीका सभामुख बन्दै !

विराटनगर | पुस २४, २०८०

NTC
Premier Steels

प्रदेश संरचनाको विरोध गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोशी प्रदेशमा सभामुख  पद पाउने पक्का भएको छ । प्रतिपक्षी नेकपा एमालेले समेत सघाउने भएपछि राप्रपाका अम्बरबहादुर विष्ट सभामुख बन्ने पक्का पक्का भएको छ । 

Muktinath Bank

सत्ता गठबन्धनले यसअघि नै राप्रपालाई सभामुख दिने सहमति गरिसकेको थियो ।  सभामुख चयनका लागि आज दिउँसो ३ बजे निर्वाचनको समय तोकिएको छ । सभामुखमा विष्टलाई नै अगाडि सार्ने सहमति गरेपछि एमालेले पनि समर्थन गर्ने निर्णय गरेको हो । विष्ट राप्रपाका समानुपातिक सांसद हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०१० साल मंसिरमा जन्मेका विष्ट अखिलबाट राजनीतिमा उदाएका हुन् । उनले २०२८ सालमा महेन्द्र मोरङ क्याम्पसबाट अखिलको राजनीति सुरु गरेका थिए । उनी अखिलको इकाई उपसभापतिमा पराजित बनेका थिए । अखिलको राजनीतिमा हार व्यहोरेपछि विष्ट पञ्चायती राजनीतिमा लागे । 


Advertisment
Nabil box
Kumari

उनी साविकको जुरोपारी गाउँपञ्चायतको वडाध्यक्षमा निर्वाचित भएका थिए । २०३३ सालमा वडाध्यक्ष भएका उनी त्यसपछि उपप्रधानपञ्च हुँदै जिल्ला पञ्चायतको सदस्य समेत भए  । तत्कालीन अवस्थामा हिंसाको राजनीति मन नपरेर कम्युनिस्ट छोडेको उनी बताउँछन् ।

Vianet communication

२०४६ सालको परिवर्तनपछि उनी राप्रपाको राजनीतिमा लागेका थिए । उनी सहकारी विकास बोर्डको सदस्यसचिवसमेत बने । आठ वर्ष राप्रपा झापाको जिल्ला अध्यक्षसमेत भएका थिए । अहिले पार्टीको केन्द्रीय सदस्य छन् ।

वर्तमान व्यवस्थाविरुद्ध रहेको राप्रपाका केन्द्रीय सदस्यसमेत रहेका उनी गणतन्त्र नेपालमा कोशीका सभामुख बन्ने भएका हुन् । प्रदेश संरचना खारेजीको माग राख्दै आएको राप्रपाको काँधमा प्रदेशसभाको सभामुख बन्ने भएका छन् । तर, आफू सभामुख भएपछि संविधानअनुसार काम गर्ने विष्टले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x