३० जेठ २०८३, शनिबार

मध्यजाडोमा स्विमिङ गर्नका लागि बनेको छ भव्य रिजोर्ट

कात्तिक २०, २०७४
मध्यजाडोमा स्विमिङ गर्नका लागि बनेको छ भव्य रिजोर्ट

काठमाडौं, १८ असोज — केही समयअघिसम्म पनि यस ठाउँमा विमान ठड्याइन्थ्यो । यहाँ विमानको पार्टहरूलाई जोडिन्थ्यो र मेन्टेनेन्स गरिन्थ्यो । अहिले पनि यो ठाउँमा बाहिरबाट हेर्दा प्राविधिक कारखाना देखिन्छ ।


तर यसभित्र पस्दा पूरै अर्कै संसार देखिन्छ । यो ठाउँमा अहिले एक भव्य रिजोर्ट खोलिएको छ ।

जर्मनीको ब्रान्डेनबर्गमा रहेको यो विशेष रिजोर्टले त्यहाँको जाडोमा पनि गर्मी अनुभव गराउँछ ।


यसको नाम ट्रपिकल आइल्यान्ड रिजोर्ट हो ।

ब्रान्डेनबर्गमा जाडोका बेलामा तापक्रम माइनस एक डिग्री सेल्सियस हुन्छ । तर रिजोर्टभित्रको तापक्रम २५ डिग्री सेल्सियस हुन्छ । त्यस शहरमा १८ डिग्री सेल्सियस सामान्य तापक्रम भएको हिसाबमा रिजोर्टमा गर्मी नै हुन्छ ।


त्यही कारणले गर्दा त्यहाँका मानिसहरू जाडोमा पनि मज्जाले स्विमिङ गर्नका लागि रिजोर्टमा आउँछन् ।

मानिसहरू प्रायः सप्ताहान्त मनाउन यहाँ आउँछन् । यहाँ संसारको सबभन्दा ठूलो इन्डोर रेनफरेस्ट पनि छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्