
गुणस्तर सुधार भए पनि नारायणगढ–मुग्लिङ सडक खण्डमा दुर्घटना नियन्त्रण हुन सकेको छैन । तीन ठुला राजमार्गसँग जोडिएको चितवनमा साढे चार वर्षको अवधिमा एक हजार ७०४ वटा सडक दुर्घटना भएका छन् । दुर्घटनाका कारण ५०४ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । यस अवधिमा दुर्घटनाकै कारण तीन हजार ७६ जना घाइते भएका छन् ।
दुर्घटनाका कारणबारे खासै अध्ययन भएको पाइँदैन । कतिपय दुर्घटना सडककै कारण पनि हुने गरेको देखिन्छ । गाडीलाई उछिन्दा (ओभरटेक गर्दा) पनि प्रशस्तै दुर्घटना भएका छन् । चालक निद्रामा रहनु वा सहचालकलाई चलाउन दिनु पनि दुर्घटनाका कारकका रूपमा लिइएको छ । थोत्रा गाडीका कारण पनि दुर्घटना हुने गरेको छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।