२५ असार २०८३, बिहीबार

कोशीविरुद्ध आर्मीको जीत

माघ ४, २०८०
काठमाडौं
कोशीविरुद्ध आर्मीको जीत

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । आर्मीले कोशी प्रदेशलाई ९ विकेटले हराउँदै विजयी भएको हो । 

जितका लागि ८९ रनको  सामन्य लक्ष्य पछ्याएको आर्मीले ९ दशमलव ५ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्‍यो। आर्मीका लागि सन्तोष कार्कीले ३२ रनको योगदान दिए । 

उनले २७ बलमा ६ चौका र १ छक्कासहित ३२ रन बनाएका हुन् । ओपनर इमरान शेख २५ बलमा ५ चौका र १ छक्कासहित ३२ रन बनाए । कुशल मल्ल ७ बलमा ४ चौका र १ छक्कासहित २२ रनमा नट आउट रहे । कोशीका सुजन थपलियाले एक विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी २४ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ८८ रनमा समेटियो । कोशीका कप्तान अङ्कित सुवेदीले ३७ बलमा ९ चौकासहित सर्वाधिक ४१ रन बनाए । त्यसबाहेक कोशीका अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 

आर्मीका साहब आलम एक्लैले ६ विकेट लिए । कुशल मल्लले दुई तथा सोमपाल कामी र विवेक यादवले समान एक/एक विकेट लिए ।

salt training

कमेन्ट गर्नुहोस्