×

NMB BANK
NIC ASIA

६ महिनासम्म बिदा नलिएको भन्दै ५ जना प्रहरीलाई स्पष्टीकरण

कोशी प्रहरी प्रवक्ता भन्छन्– पारिवारिक विचलन आउने भएपछि स्पष्टीकरण सोधिएको हो

विराटनगर | माघ ४, २०८०

NTC
Premier Steels

६ महिनासम्म पनि घरबिदा नलिने  ५ जना प्रहरीलाई स्पष्टीकरण सोधिएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय खोटाङले स्पष्टीकरण सोधेको हो । 

Muktinath Bank

लामो समयसम्म घर नगएपछि पारिवारिक विचलन आउने देखिएपछि ५ जना प्रहरीलाई स्पष्टीकरण सोधिएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ऋषिराम कँडेलले स्पष्ट पारेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘बिदामा जानू भन्दा पनि नगएपछि उनीहरूलाई स्पष्टीकरण सोधिएको रहेछ,’ कँडेलले भने ‘कारबाही गर्ने गरी नभई बिदामा इन्करेज गर्ने गरी सोधिएको हो ।’ परिवारसँग सम्बन्ध सुधार हुने र घरमा गएर आएपछि फ्रेससमेत हुने गरेकाले प्रहरीले त्यो अभियान नै चलाएको उनले बताए । 


Advertisment
Nabil box
Kumari

घर नगएपछि प्रहरीहरू बरालिन्छन् कि भन्ने चिन्ताले पनि कमान्डरले स्पष्टीकरण सोधेको कँडेलले बताए । 

Vianet communication

‘प्रहरीका श्रीमतीहरूले श्रीमान् घर नआउने, वास्ता नगर्ने गरेका गुनासोसहित फोन गर्ने गरेका छन् । बिदामा जाउ भन्दासमेत नगएपछि घरमै समस्या हो कि भनेर समेत स्पष्टीकरण सोधिएको हो,’ खोटाङ प्रहरीका एक अधिकारीले भने ।

जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी निरीक्षक बेनु कार्कीले यसअघि ५ जना प्रहरीलाई बिदा नलिनुको कारणबारे स्पष्टीकरण सोधेका थिए । प्रहरी सहायक हवलदार सबिन थुक्लुङ लिम्बू, प्रहरी जवानहरू सागर राई, द्वारिका राई, रुपेश तामाङ र अनिल परियारलाई स्पष्टीकरण सोधिएको थियो । ५ मध्ये ४ जनाले विवाह नगरेको पाइएको छ ।  

प्रहरी नियमावली अनुसार प्रहरी कर्मचारीले १ वर्षमा ३० दिन घर बिदा पाउँछन् भने १२ दिन भइपरी बिदा लिन पाइने व्यवस्था छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x