२२ असार २०८३, सोमबार

भारतको गुजरातमा डुंगा पल्टिँदा १२ बालबालिकासहित १४ जनाको मृत्यु

माघ ५, २०८०
काठमाडौं
भारतको गुजरातमा डुंगा पल्टिँदा १२ बालबालिकासहित १४ जनाको मृत्यु

भारतको गुजरातमा डुङ्गा पल्टिँदा १४ जनाको ज्यान गएको छ । वडोदराको हरनी तालमा हिजो भएको दुर्घटनामा १२ जना बालबालिका र दुई जना शिक्षकको ज्यान गएको बीबीसीले जनाएको छ । 

दुर्घटनामा छ जना बेपत्ता भएका छन् । डुङ्गामा २७ जना रहेकामा सात जनालाई उद्धार गरेर अस्पतालमा भर्ना गरिएको समाचारमा उल्लेख छ । 

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका आफन्तलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्