×

NMB BANK
NIC ASIA

पत्रकारिता समस्यामा परेको सामाजिक सञ्जालले गर्दा हो - अर्थमन्त्री महत

काठमाडाैं | माघ ६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको आर्थिक अवस्थाले मात्र पत्रकारिता समस्यामा नपरेको स्पष्ट पारेका छन् ।

Muktinath Bank

गोविन्द वियोगी स्मृति ट्रष्टद्वारा स्थापित गोविन्द वियोगी पत्रकारिता पुरस्कार हस्तान्तरण तथा वरिष्ठ पत्रकार सम्मान समारोहलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, 'पत्रकारिता समस्यामा पर्नुको मूल कारण सामाजिक सञ्जाल हो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, ‘सूचना प्रविधिको विकासले परम्परागत सञ्चारमाध्यम जोखिममा परेका छन् । हात–हातमा स्मार्ट फोन छ, त्यहाँ जसले जे पनि राख्न पाउँछ । कतिपय झुटा कुरा पनि सेयर भइरहेका हुन्छन् । हेर्दाहेर्दै त्यही कुरा मानिसलाई सत्य लाग्न थाल्छ । आम मानिसले गम्भीर कुरा चाहिँ पढ्न छाडे । मानिसहरु गहिराइमा जान छोडे, टिकटकमा रमाउन थाले । गहिराइमा पुगेर सत्य तथ्य बुझेर विचार बनाउने मानिसहरुले छाडे । यो अत्यन्तै खतरनाक हो ।’


Advertisment
Nabil box
Kumari

उनले थपे, 'बीपी कोइरालाले भन्नुभएको थियो, जब सत्यको मुख बन्द हुन्छ, झुटोको थुतुनो चल्छ । अहिले सामाजिक सञ्जालबाट धेरैजसो झुटोको थुनुतो चलेको छ । सत्य बुझेकाहरु गाली खाइछ भनेर चुप लागेर बसेका छन्, । सामाजिक सञ्जालमा मात्र निर्भर हुनुहुँदैन, मूलधारका सञ्चारमाध्यमलाई पनि अगाडि ल्याउनुपर्छ । परम्परागत सञ्चारमाध्यमको विश्लेषण हुन्छ, छलफल हुन्छ, जिम्मेवारी हुन्छ, निरन्तरता लिइराखेको हुन्छ, यसलाई मर्न दिनु हुँदैन ।’

Vianet communication
Laxmi Bank

प्रतिबन्धित अवस्थामा पनि निर्भिक भएर पत्रकारितामार्फत् आफ्नो कुरा राख्नु चानचुने कुरा नभएको उनले बताए । उनले विगतको पत्रकारिता स्मरण गर्दै लोकतान्त्रिक धारबाट होमनाथ दाहाल र वामपन्थीधारबाट मातृभूमि गोविन्द वियोगीले प्रकाशित गर्ने र प्रत्येक साता यी दुई पत्रिका निस्केको दिन हेर्नैपर्ने बताए ।

'दबाब र अप्ठ्याराका बाबजुद लोकतान्त्रिक मूल्य र मान्यता देशमा स्थापित गर्ने लक्ष्यका साथ उहाँ लाग्नुभयो, मन्त्री डा. महतले भने, ‘वियोगीजी सम्झिराख्नुपर्ने व्यक्तित्व हुनुहुन्थ्यो । त्यसअर्थ ट्रस्ट स्थापना भएको छ । यसको कार्यालय नुवाकोटमा रहेको छ, यसमा म अन्त्यै खुशी छु । ट्रस्टको विकास, गतिशीलता पत्रकारितासँग जोडिएको विषयवस्तुमा अन्तक्र्रिया होस्, छलफल होस् । यो परिसरको पूर्णरुपमा उपयोग होस्, ट्रस्ट जीवन्त बनोस् ।’

विधिको शासन सुनिश्चित गर्नका लागि विषम परिस्थितिमा पनि निडर भएर उनले काम गरेको मन्त्री डा. महतले स्मरण गरे । उनले भने, ‘यसैका आधारमा आज हामीले स्वतन्त्रता उपभोग गरिरहेका छौं भन्ने कुरा हामीले बिर्सन मिल्दैन ।’

देशको आर्थिक अवस्था अप्ठ्यारा भएकाले कुनै पनि संघसंस्थालाई राज्यले सहयोग गर्न नसकेको उनले बताए । परिस्थिति सहज भएपछि संघसंस्थाको महत्वलाई बुझेर पुनः सहयोग उपलब्ध गराइने उनको भनाइ थियो ।

मन्त्री डा. महतले भने, ‘मैले अर्थमन्त्रालयको जिम्मेवारी लिँदा समस्याको पहाड थियो, बजेट व्यवस्थापनमा पनि धेरै खालका बिथिति थिए । त्यसलाई अर्डरमा ल्याउने चुनौति मेरो सामू थियो । बानी परिसकेपछि त्यसलाई छोडेर अर्को बाटो तय गर्नु एकदमै कठिन काम हुँदो रहेछ । त्यो बिथितिलाई एकै धक्कामा सफा गर्न पनि कठिन थियो । विस्तारै काम भइरहेको छ । दायित्वमाथि दायित्व सिर्जना हुँदै जाने, हिसाबकिताब नदेखिने अवस्थाको हामीले अन्त्य गर्दैछौं । यसबाट स्वार्थ समूह बेखुशी छन् । बजेट व्यवस्थापन विस्तारै सिस्टममा ल्याउँदैछौं ।’

उनले थपे, ‘समग्र अर्थतन्त्रमा बाह्य र आन्तरिक कारणबाट समस्याहरु थिए, कोभिड अगाडि र कोभिडका बेलामा धेरै ठूलो ऋण प्रवाह भयो, जुनबेला खर्च गर्न सक्ने ठाउँ नै थिएन । गलत समयमा धेरै ऋण प्रवाह भयो । लगानी गर्ने ठाउँ नभएपछि धेरै सेयर बजार जग्गा कारोबारमा भयो । यसलाई रोक्न कसिलो मौद्रिक नीति आयो । लगानीको प्रतिफल नआउँदा दायित्व बढ्यो, ब्याज वृद्धि भयो । त्यो बेला ऋण लिएका ऋणी समस्यामा छन् । यो समस्या अहिले मुख्य छलफलको विषय बनेको छ ।’

अब लिने र दिने दुवैले जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ । 'अर्थात् केही समय दिने र ब्याजदर घटाउने मौद्रिक नीति आएको छ । यसले राहत पुगेको छ,'  महतको भनाइ थियो ।

‘विस्तारै अर्थतन्त्र लयमा फर्किदैछ । जग्गा कारोबार चलायमान भएको छ, नेप्से परिसूचक उकालो लागेको छ । धेरै वर्षपछि उच्च संख्यामा पर्यटक भित्रिएका छन् । बाहिरबाट सिस्टममा प्रशस्त पूँजी प्रवाह भएको छ । आत्मविश्वास पनि विकसित हुँदै गएको छ’ मन्त्री अर्थमन्त्री महतले भने, ‘आर्थिक वृद्धि पहिलेको तुलनामा बढ्छ, लगानीको नयाँ क्षेत्रको पहिचान गर्नुपर्छ । अर्थतन्त्रमा देखिएको अन्योल समाप्त हुँदैछ । सञ्चारकर्मी साथीहरुले सकरात्मक भाष्यलाई अगाडि बढाउनु हुनेछ । यसले आत्मविश्वास बढाउँछ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x