३१ असार २०८३, बुधबार

हिमानीसँगको तस्वीर शेयर गर्दै मनिषा कोइरालाले लेखिन्– अर्थपूर्ण कुराकानी भयो

माघ ८, २०८०
काठमाडौं
हिमानीसँगको तस्वीर शेयर गर्दै मनिषा कोइरालाले लेखिन्– अर्थपूर्ण कुराकानी भयो

पूर्वयुवराज्ञी हिमानी साहसँगको तस्वीर शेयर गर्दै चर्चित अभिनेत्री मनिषा कोइरालाले अर्थपूर्ण कुराकानी भएको उल्लेख गरेकी छिन् ।

‘उहाँको सरल व्यवहारले सबैको मन जितेको छ । हिमानी ट्रस्टमार्फत राष्ट्र प्रेम झल्किन्छ,’ मनिषाले ट्वीटरमा लेखेकी छिन् ।  

हिमानी र मनिषा दुवै हँसिलो मुद्रामा देखिएका छन् । आफ्नै नामको ट्रस्टमार्फत हिमानीले सामाजिक काम गर्दै आएकी छिन् ।

कांग्रेस संस्थापक नेता बीपी कोइरालाकी नातिनी मनिषा नेपालमा राजतन्त्रको पक्षमा देखिन्छिन् । 

पूर्वराजा ज्ञानेन्द्र साह पत्नी कोमलसहित तराईका जिल्लाको भ्रमणमा सक्रिय छन् । हिमानी भने काठमाडौंमै छिन् । 

हेर्नुहोस्, ट्वीट :

salt training

कमेन्ट गर्नुहोस्