२९ असार २०८३, सोमबार
शीर्ष नेताबीच छलफल

बालुवाटारमा प्रचण्ड-ओलीबीच छुट्टै भेटवार्ता

माघ ९, २०८०
काठमाडौं
बालुवाटारमा प्रचण्ड-ओलीबीच छुट्टै भेटवार्ता
फाइल तस्वीर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलवार बिहान नेताद्वयबीच एक्लाएक्लै भेटवार्ता भएको हो । 

झुलाघाट–चिवाभञ्याङ मध्यपहाडी यात्राका क्रममा जनताले दिएका सुझाव बुझाउन गएको बेला ओली र प्रचण्डबीच एक्लाएक्लै भेटवार्ता भएको हो ।

संक्रमणकालीन न्यायसम्बन्धी कानूनलाई अन्तिम रूप दिनेलगायत समसामयिक विषयमा उनीहरूबीच छलफल भएको ओलीनिकट एक नेताले बताए ।

उनका अनुसार  प्रचण्डले संक्रमणकालीन न्यायको विषय टुंग्याउन लागेको भन्दै एमालेसँग सहयोग माग गरेका थिए ।

राष्ट्रिय सभामा एमालेलाई भागबन्डा दिनेबारे गठबन्धनमा सहमति जुट्न नसकेपछि नेताद्वबीच भेट भएको थिएन । त्यसअघि एमालेको तर्फबाट ओलीले प्रचण्डलाइ ज्ञापनपत्र बुझाएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्