२० असार २०८३, शनिबार

पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठग्ने पक्राउ

माघ १२, २०८०
काठमाडौं
पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठग्ने पक्राउ

पोर्चुगल पठाइदिन्छु भन्दै रु १२ लाख ठगी गरेको अभियोगमा नुवाकोट लिखु गाउँपालिका–४ घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका नेपालटारका २४ वर्षीय रोजिन न्यौपाने पक्राउ परेका छन् ।

 निजले सात जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई प्रतिष्ठित कृषि कम्पनीमा मासिक रु एक लाख २० हजार तलब प्राप्त हुने प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्