३० असार २०८३, मंगलबार

राजनीतिक कोर्स परिवर्तन आजको आवश्यकता हो : पद्‌मा अर्याल

माघ १४, २०८०
बुटवल
राजनीतिक कोर्स परिवर्तन आजको आवश्यकता हो : पद्‌मा अर्याल

नेकपा (एमाले)की सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्‌मा अर्यालले देश बचाउने जिम्मा एमालेको काँधमा आएको बताएकी छिन् ।

एमाले लुम्बिनी प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकलाई आइतवार बुटवलमा सम्बोधन गर्दै उनले पछिल्ला तथ्याङ्कले डरलाग्दो अवस्था आएको बताइन् ।

'राजश्व उठ्ने क्रम पहिलाभन्दा प्रतिमहिना ४ अर्ब कम छ । प्रतिमहिना १ खर्ब १५ अर्ब १४ करोड व्यापार घाटा छ । २० करोडसम्म भारतले नेपालमा आएर सिधै खर्च गर्ने व्यवस्था डर लाग्दो हो’, उनले भनिन्, ‘विभिन्न प्रकारका सूचना लिनका लागि यस प्रकारका माध्यम बनाइएको छ । यो नेपाल कब्जा गर्ने रणनीति हो ।’

सम्बोधनका क्रममा उनले भारतले टीआरसी विधेयक टुंगोमा पुर्‍याउन नदिएको दाबी गरिन् ।​​

वर्तमान सरकारका सबै कुकर्मलाई जनताका बीचमा राखेर राजनीतिको कोर्स परिवर्तन अबको आवश्यकता रहेको उनको भनाइ थियो । ‘अब मुलुक बचाउने एमालेले मात्र हो’, उनले भनिन् । 

salt training

कमेन्ट गर्नुहोस्