२७ जेठ २०८३, बुधबार

विप्लवबारेको अभिव्यक्ति फिर्ता लिएर माफी माग्न ज्ञानेन्द्र शाहीलाई नेकपाको चेतावनी

माघ १५, २०८०
काठमाडौं
विप्लवबारेको अभिव्यक्ति फिर्ता लिएर माफी माग्न ज्ञानेन्द्र शाहीलाई नेकपाको चेतावनी

नेकपा कम्युनिष्ट पार्टीले राप्रपाका नेता ज्ञानेन्द्र शाहीलाई आफ्नो अभिव्यक्ति फिर्ता लिएर माफी माग्न चेतावनी दिएको छ । पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले विज्ञप्ति जारी गर्दै शाहीलाई नेकपा महासचिव विप्लवविरुद्ध दिएको अभिव्यक्ति फिर्ता लिएर माफी माग्न चेतावनी दिएका हुन् । 

शाहीले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा 'पक्राउ पुर्जी जारी भएका विप्लवलाई पक्राउ नगरिएको' भन्दै आपत्ति जनाएका थिए । 

शाहीको अभिव्यक्तिले ३ बुँदे सहमति भङ्ग गर्ने, अराजकता मच्चाउने, देशलाई द्वन्द्वतिर धकेल्ने नेकपाको ठहर छ । 

अभिव्यक्ति फिर्ता लिएर माफी नमागे त्यसबाट निस्कने गम्भीर परिणामको जिम्मेवार स्वयं शाही नै हुने नेकपाले चेतावनी दिएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्