२३ जेठ २०८३, शनिबार

नेपालगन्ज - कैलाश मानसरोवर उडान शुरू

माघ १५, २०८०
काठमाडौं
नेपालगन्ज - कैलाश मानसरोवर उडान शुरू
फाइल फोटो

​लामो समयको प्रयासपछि नेपालगन्जबाट कैलाश मानसरोवर सिधा उडान शुरू भएको छ ।

श्री एयरलाइन्सको चार्टर विमानबाट सेवा प्रारम्भ भएको हो ।

भारतको दिल्ली, मुम्बई, गुजरात, उत्तरप्रदेशलगायत स्थानबाट नेपालगन्ज आएका ३८ जना भारतीय पर्यटकलाई लिएर चार्टर विमान कैलाश मानसरोवरतर्फ प्रस्थान गरेको सिद्धार्थ बिजनेश ग्रुपका क्षेत्रीय निर्देशक केशव न्यौपानेले बताए ।

पर्यटन व्यवसायी तथा मेरो प्लानेटका प्रबन्ध निर्देशक डा. ओम मिश्रले लामो समयको प्रयासपछि उडान प्रारम्भ भएकामा खुशी व्यक्त गर्दै नेपालगन्ज पर्यटकीय गन्तव्यको रुपमा स्थापित भएको बताए । 

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा), बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नेपालगन्जको पर्यटन प्रबर्द्धनमा नेपालगन्ज– कैलाश मानसरोवर उडान फलदायी हुने विश्वास व्यक्त गर्दै नेपालगन्ज—पोखराको उडानलाई प्रभावकारी बनाउन आग्रह गरे ।

salt training

कमेन्ट गर्नुहोस्