
एक न्यायाधीशको निधन भएपछि उच्च अदालत पाटन र मातहतका अदालतहरूमा आज शोक बिदा दिइएको छ ।
अदालतका न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधन भएकोले आज उच्च अदालत पाटनसहित हेटौंडा इजलास र मातहतका सम्पूर्ण जिल्ला अदालतहरूमा शोक बिदा दिइएको हो ।
न्यायाधीश मरासेनीको मंगलबार हृदयघातबाट निधन भएको थियो ।