
सिरहाको लहान नगरपालिका-२४ का एक किसानले बैजनी (पर्पल) र पहेँलो रंगको काउली फलाएका छन् । वडा नम्बर-२४ स्थित माणिक दल झुट्कीका रतन साहले बैजनी र पहेँलो रंगको काउली फलाएका हुन् ।
उनले भारतको महाराष्ट्रबाट बीउ ल्याएर दुई रंगका काउली फलाएको बताए । उक्त काउली उनले २५० रुपैयाँ प्रतिकिलोमा बिक्री गरेको जानकारी दिए ।
परीक्षणका रूपमा पाँच धूर क्षेत्रफलमा काउली लगाएका उनले बजारमा राम्रो माग भए अर्को वर्ष पाँच कट्ठामा लगाउने सोच बनाएको बताए ।