
एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत जारी पहिलो खेलमा क्यानडाविरुद्ध घरेलु टोली नेपाललाई पहिलो सफलता मिलेको छ ।
नेपालका लागि रिजन ढकालले विकेट लिएका हुन् । रिजन डेब्यू खेलमै विकेट लिन सफल भएका हुन् ।
खेलअघि रिजनलाई नेपाल क्रिकेट संघ (क्यान)का महासचिव पारस खड्काले ‘डेब्यू क्याप’ प्रदान गरेका थिए ।
क्यानडाले २.५ ओभरमा १९ रन बनाएको अवस्थामा पहिलो विकेट गुमाएको हो ।
नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहीवार बिहान टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२४ रन बनाएको हो ।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६८ रन बनाए । ५८ बल खेलेका उनले ९ चौका र एक छक्का प्रहार गरे ।
नेपालले विश्वकप क्रिकेट लिग–२ को तयारीस्वरूप क्यानडाविरुद्ध सिरिजको आयोजना गरेको हो । जारी खेलमा मध्यम गतिमा बलर रिजन र स्पीनर सूर्य तामाङले डेब्यू गरेका हुन् ।