
क्यानडाविरुद्ध २८६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका रोहित पौडेल ८७ रन बनाएर आउट भएका छन् ।
१०१ बलमा ८७ रन बनाएर रोहित आउट भएका हुन् । उनी शतक प्रहारबाट १३ रनले चुके ।
८७ रन प्रहार गर्ने क्रममा रोहितले ४ छक्का र ८ चौका प्रहार गरे ।
नेपाल सिरिज जित्नबाट अब २५ रन टाढा छ । नेपालसँग अझै ५ विकेट बाँकी छन् ।