
काठमाडौंको गौशालास्थित एक होटलमा मृतावस्थामा फेला परेकी एक महिलाको हत्या भएको आशंका गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले सिराहा धनुषा होटल एण्ड लजमा अन्दाजी ४५ वर्षीया महिलाको मृत्यु भएको घटनामा अनुसन्धान सुरु गरिएको जनाएको छ ।
गेष्ट हाउसको ढोका दुई दिनसम्म नखुलेपछि अर्को साँचो प्रयोग गरेर ढोका खोल्दा शव भेटिएपनि गेष्ट हाउस संचालकले प्रहरीलाई खबर गरेका थिए ।
महिलासँगै होटलमा बसेका अर्का व्यक्तिले हत्या गरेर भागेको हुनसक्ने प्रहरीको भनाइ छ ।