×

NMB BANK
NIC ASIA

पाकिस्तान चुनाव

अस्पष्ट जनादेशबीच पाकिस्तानी सरकार गठनमा सेनाको भूमिका– को बन्ला प्रधानमन्त्री ?

काठमाडाैं | माघ २८, २०८०

NTC
Sarbottam
तस्वीर : पीटीआई समर्थकको आन्दोलन
Premier Steels
Marvel

पाकिस्तानको चुनावी नतिजामा स्पष्ट बहुमत ल्याउन नसकेका दुई विरोधी राजनीतिक नेताहरू, पाकिस्तान मुस्लिम लिग (पीएमएलएन)का नवाज शरीफ र पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का इमरान खानले आ-आफ्नो दल विजयी भएको घोषणा गरेका छन् । तर, चुनावपछि पाकिस्तानले झन् अनिश्चितताको सामना गर्ने देखिएको छ ।

Muktinath Bank

सबैभन्दा विवादित चुनाव


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचन आयोगको वेबसाइटमा पोस्ट गरिएको पछिल्लो तथ्यांकअनुसार जेलमा रहेका नेता खानको पीटीआईसँग जोडिएका स्वतन्त्र उम्मेदवारहरूले सबैभन्दा बढी सीट जितेका छन् ।


Advertisment
Nabil box
Kumari

१०२ सीटमा स्वतन्त्र उम्मेदवार विजयी हुँदा त्यसमध्ये कम्तीमा ९७ जना पीटीआई सम्बद्ध उम्मेदवार छन् । (चुनाव चिह्नसमेत खोसिएपछि पीटीआईका उम्मेदवारहरू स्वतन्त्र रूपमा मैदानमा उत्रिएका थिए ।)

Vianet communication
Laxmi Bank

यसैबीच, शरीफको पीएमएलएन ७३ सिटसहित दोस्रो स्थानमा छ भने बिलावल भुट्टो जरदारीको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)ले ५४ सी0टसहित तेस्रो स्थान हात पारेको छ । अझै केही स्थानको नतिजा आउन बाँकी छ ।

'यो सम्भवतः पाकिस्तानको इतिहासमा सबैभन्दा विवादास्पद चुनाव हो,' अल जजिराका कमल हैदरले इस्लामावादबाट रिपोर्टिङ गरेका छन् ।

उनका अनुसार पीटीआईका अध्यक्ष गोहर अली खान राष्ट्रिय संसद् र पञ्जाब प्रान्तमा हुनेछन्, जहाँ उनीहरूले बहुमत भएको दाबी गरिरहेका छन् । उनीहरूले खैबर पख्तुनख्वा प्रान्तमा पनि चुनाव जितेका छन् ।

यसैबीच, चुनाव जितेको दाबी गर्ने पीएमएलएनका शरिफले पनि आफूले गठबन्धन सरकार बनाउन खोज्ने बताएका छन् ।

पीपीपीका जरदारीले आफ्नो पार्टीविना केन्द्र, पञ्जाब र बलुचिस्तान प्रान्तमा सरकार गठन हुन नसक्ने कुरामा जोड दिएका छन् ।

अल जजीराका संवादडाटा आबिद हुसेनका अनुसार मतदान बन्द भएको दुई दिनपछि ठूला तीन राजनीतिक शक्तिहरूबीच विभाजित जनादेश देखा परेको छ र अब के हुन्छ भन्ने बारेमा अस्पष्टता छ ।

पछिल्लो समय देखिएको विभाजनसँगै दुई वर्षदेखि राजनीतिक अस्थिरता, पूर्वनिर्धारित अर्थतन्त्र र बढ्दो आन्तरिक उथलपुथल भोगेको २४ करोड १० लाख जनसंख्या भएको देश पाकिस्तानमा कसले सरकार बनाउने भन्ने ठूलो प्रश्न खडा भएको छ । आगामी सरकार निर्माणमा ठूलो सुरक्षा चुनौती रहेको हुसैनको भनाइ छ ।

पाकिस्तानी राजनीतिक विश्लेषक जैघम खानले प्रारम्भिक नतिजाको घोषणापछि दुईवटा सम्भावित परिदृश्य रहेको बताए ।

'सबैभन्दा सम्भावित परिदृश्य गठबन्धन सरकार हो, जसमा सबै राजनीतिक दल समावेश हुन्छन् तर पीटीआई समावेश हुनेछैन,' खानले अल जजीरालाई भने । यसमा दुई ठूला राजनीतिक दल पीपीपी र पीएमएलएन, साथै जमात-ए-इस्लामी र अन्य समावेश हुनेछन् ।

'दोस्रो परिदृश्य अलि कम सम्भावित तर प्राविधिक रूपमा सम्भव के छ भने, पीपीपीले पीटीआईसँग हात मिलाएर सरकार बनाउने,' उनल भने । स्वतन्त्र उम्मेदवार बनेका पीटीआई आवद्ध उम्मेदवारले सबैभन्दा बढी सीट जितेका छन् ।

विरोध प्रदर्शनको अर्थ

चुनावी नतिजा आउने क्रममा लगातार दोस्रो दिन देशभर विरोध प्रदर्शन भयो । प्रदर्शनकारीहरूले निर्वाचन परिणाम ढिलाइले अधिकारीहरूलाई मतगणनामा धाँधली गर्न अनुमति दिएको पुष्टि भएको दाबी गरे ।

नेटब्लक्सले मतदानको क्रममा सोशल मिडिया प्लेटफर्म एक्स (ट्वीटर) मा राष्ट्रव्यापी अवरोध भएको दाबी गर्‍यो । इमरान नेतृत्वको पार्टी पीटीआईले उक्त अवरोधलाई 'बिलकुलै लाजमर्दो' भनेको छ ।

अनुगमनकर्ता संस्था 'फ्रि एन्ड फेयर इलेक्सन नेटवर्क'ले निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोगको सकारात्मक मूल्यांकन गरेको छ तर नतिजा घोषणा गर्न भएको ढिलाइले परिणामको वैधानिकतामाथि प्रश्न उठ्न सक्छ भन्ने टिप्पणीसमेत गरेको छ ।

यसबाहेक सरकारले निर्वाचनको दिन मोबाइल र इन्टरनेट सेवाहरू निलम्बन गरेको छ,' उक्त संस्थाले भनेको छ, 'निर्वाचन परिणाम व्यवस्थापन प्रक्रिया सुधार गर्न संसदीय प्रयासहरूको वर्षौंको प्रयासलाई कमजोर बनाइएको छ,' उक्त संस्थाको प्रतिवेदनमा उल्लेख छ ।

यसैबीच अमेरिका, बेलायत र युरोपेली संघले पाकिस्तानको चुनावी प्रक्रियाबारे चिन्ता व्यक्त गर्दै पार्टीका कार्यकर्ताहरूको गिरफ्तारीलगायत हस्तक्षेप, अनियमितता र जालसाजीको दाबीलाई पूर्णरूपमा छानबिन गरिनुपर्ने बताएका छन् ।

नयाँ सरकार गठनमा सेनाको कस्तो भूमिका ?

पाकिस्तानमा जनतामा निराशा र अनिश्चितताको बीचमा देशको शक्तिशाली सेनाका प्रमुख जनरल सैयद असिम मुनीरले मतदानपछि आफ्नो पहिलो सार्वजनिक बयानमा भनेका छन्, 'राष्ट्रलाई अराजकता र ध्रुवीकरणको राजनीतिबाट अगाडि बढ्नका लागि स्थिर हात र उपचारात्मक स्पर्श चाहिन्छ, जुन २५० मिलियन जनताको प्रगतिशील देशलाई सुहाउँदैन ।'

‘चुनाव जीत र हारको शून्य योग प्रतियोगिता (जिरो सम गेम) होइन, जनताको जनादेश निर्धारण गर्ने अभ्यास हो,’ मुनीरले एक वक्तव्यमा भनेका छन् ।

सेना देशको राजनीतिक मामिलामा एक प्रमुख खेलाडी हो र सन् १९४७ देखि तीन दशकभन्दा बढी समयसम्म प्रत्यक्षरूपमा शासन गरेको अनुभव सेनासँग छ ।

किंग्स कलेज लन्डनकी वरिष्ठ फेलो आयशा सिद्दिकाले पाकिस्तानको सेनाले पीएमएलएनको नेतृत्वमा कमजोर गठबन्धन बनाउन चाहेको शंका आफूलाई लागेको बताइन् ।

'एक हिसाबले यी हामीले पाएका नतिजाहरू हुन्,' सिद्दिकाले अल जजीरालाई भनिन्, 'तर म यो पनि तर्क गर्छु कि यो सेनाले अपेक्षा गरेको परिणाम होइन । उनीहरूले मतदाताको उपस्थिति कम गराउन धेरै प्रयास गरे, तर मानिसहरू जोशका साथ बाहिर आएर मतदान गरे ।'

सिद्दिकाका अनुसार सेनाले पीएमएलएन र पीपीपीलाई सँगै ल्याएर गठबन्धन सरकारलाई समर्थन गर्ने सम्भावना छ, तर भुट्टो जरदारी, शहबाज शरीफ वा नवाज शरीफले कसले नेतृत्व गर्ने भन्ने अझै निश्चित छैन ।

अल जजीरामा प्रकाशित विश्लेषणलाई लोकान्तरका लागि ईश्वर अर्यालले भावानुवाद गरेका हुन् । - सम्पादक

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x