×

NMB BANK
NIC ASIA

'रिल'देखि 'रियल लाइफ'सम्म सँगसँगै

चर्चित फिल्मी जोडी: जसले प्रेमलाई पूर्णता दिए

काठमाडाैं | फागुन २, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

आज १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन्स डे । विश्वभर नै भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन्स डे पर्वकै रूपमा स्थापित भइसकेको छ । विशेष गरी युवायुवतीले उत्साहसाथ नेपालमा पनि भ्यालेन्टाइन्स डे मनाउने गरेका छन् ।  

Muktinath Bank

प्रेम जोडीहरूका लागि ‘भ्यालेन्टाइन्स डे’ निकै महत्वपूर्ण मानिन्छ । नेपाली फिल्म क्षेत्रमा पनि थुप्रै प्रेम जोडीहरू छन्, जसले आफ्नै क्षेत्रको व्यक्तिसँग प्रेम र विवाह गरेका छन् । अहिले खुसीसाथ उनीहरूले फिल्मी करिअरलाई पनि एकसाथ अगाडि बढाइरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निश्चल बस्नेत र स्वस्तिमा खड्का
निर्देशन निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको जोडी फिल्म क्षेत्रको चर्चित जोडी हो । सामाजिक सञ्जालबाट बोलीचाली सुरु गरेका उनीहरूले केही समयको प्रेमसम्बन्धपश्चात २०७२ सालमा विवाह गरेका थिए ।


Advertisment
Nabil box
Kumari

null

Vianet communication
Laxmi Bank

विवाहपछि यो जोडीले थुप्रै म्युजिक भिडियो र केही फिल्ममा समेत सहकार्य गरिसकेका छन् । दर्शकको नजरमा यो जोडी निकै चर्चित छ । यो जोडीले फिल्म ‘बेहुली फ्रम मेघौली’ निर्माण गर्दैछन् । 

प्रियंका कार्की र आयुष्मान देशराज जोशी
अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको प्रेम फिल्मको छायांकनको क्रममा फक्रिएको थियो । फिल्म ‘कथा काठमाण्डू’को छायांकनका क्रममा सुरु भएको यी दुईले विवाह अगाडिको प्रेम जीवनलाई पनि खुलेरै बिताए । प्रियंका र आयुष्मानले आजभन्दा चार वर्षअघि विवाह गरेका थिए ।

null

केही फिल्मसमेत संगै अभिनय गरेको यो जोडी एक छोरीको आमाबाबु बनिसकेका छन् । उनीहरूले आफूहरूको वैवाहिक जीवनलाई सुखमय तरिकाले अगाडि बढाइरहेका छन् । विवाहपछि यो जोडीको फिल्मी करिअर भने पहिलेजस्तो रफ्तारमा चलेको देखिँदैन । 

वर्षा राउत र संजोग कोइराला
वर्षा राउत र संयोग कोइरालाको जोडी फिल्म क्षेत्रको अर्को चर्चित जोडी हो । अभिनेत्री वर्षा र व्यवसायीसमेत रहेका संयोगले प्रेम विवाह गरेका हुन् । यी दुईले आफूहरूको झण्डै ६ वर्षको प्रेमलाई आजभन्दा ५ वर्ष अगाडि विवाहमा परिणत गरेका थिए । संजोग र वर्षाले भ्यालेन्टाइन डेका दिन नै विवाह गरेका थिए ।

null

यी दुइले बनाएका भ्लगलाई पनि दर्शकले निकै रुचाएका छन् । पछिल्लो समय यो जोडीको सम्बन्धमा खटपट आएको चर्चासमेत चलेको थियो । यद्यपि, गत भदौंमा प्रदर्शनमा आएको वर्षाको फिल्मको कार्यक्रममा संजोग पनि संगै पुगेपछि उक्त हल्ला सेलाएको थियो । एकपछि अर्को फिल्ममा काम गरिरहेकी वर्षा अभिनीत ‘महाजात्रा’ आगामी महिना प्रदर्शनमा आउँदैछ । संजोग भने पछिल्लो समय फिल्मबाट केही सुस्ताएको देखिएका छन् । 

लक्ष्मी वर्देवा र जीवन भट्टराई
अभिनेत्री लक्ष्मी वर्देवा र अभिनेता जीवन भट्टराईको जोडीलाई नेपाली कलाकारिता क्षेत्रमै एउटा उदाहरणीय जोडीका रुपमा लिइन्छ । यो जोडीको अन्तरर्जातीय विवाह हो ।

null

केही वर्षको प्रेमपछि ५ वर्षअगाडि वैवाहिक जीवन सुरु गरेका उनीहरू थिएटर, फिल्म र म्युजिक भिडियोको क्षेत्रमा सक्रिय छन् । हालसालै यो जोडी आमाबुवा बन्न लागेको खबर पनि सार्वजनिक भएको छ । केही दिनअघि फिल्म ‘दयारानी’को प्रिमियरमा अभिनेत्री लक्ष्मीले आफू आमा बन्न लागेको जानकारी गराएकी थिइन् । 

हरिहर अधिकारी र नीता ढुंगाना
युवा ज्योतिष एवं अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाले गतवर्ष विवाह गरेका हुन् । विवाहअघि उनीहरू करिब ४ वर्ष प्रेम सम्बन्धमा थिए ।

null

यतिबेला उनीहरूले थुप्रै चलेका कलाकारहरूलाई लिएर फिल्म ‘ह्रस्वदीर्घ' छायांकन सकेका छन् । फिल्म आउँदो दशैंमा प्रदर्शनमा आउने घोषणा गरिएको छ । हरिहर र नीताको जोडी फिल्म क्षेत्रको चर्चित जोडीका रुपमा लिइन्छ । 

दीपिका प्रसाइँ र दिवाकर भट्टराई 
अभिनेत्री दीपिका प्रसाइँ र निर्देशक दिवाकर भट्टराईले प्रेम विवाह गरेका हुन् । करिब चार वर्ष लामो प्रेमसम्बन्धपछि यी दुई आजभन्दा चार वर्ष अगाडि विवाह गरेका थिए । दिवाकरको निर्देशन रहेको फिल्म ‘ऐश्वर्य’मा दीपिकाले शीर्ष अभिनेत्रीको भूमिकामा अभिनय गरेकी थिइन् ।

null

दिवाकरको निर्देशन र  दीपिकाको शीर्ष अभिनयमा फिल्म ‘मायावी’को छायांकन सकिएको केही समय भइरहेको छ । यो फिल्मको रिलिज मिति तोक्ने तयारी छ । दीपिका र दीवाकरको यो जोडी पनि छिट्टै बुवाआमा बन्ने तयारीमा छन् । केही समयअगाडि मात्रै दीपिकाले प्रेगनेन्सी फोटो सार्वजनिक गर्दै खुशीको खबर शुभचिन्तक एवं फ्यानहरूसामु शेयर गरेका थिए । 

सुरक्षा पन्त र मानव सुवेदी
अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीले पनि प्रेम विवाह गरेका हुन् । यी दुईले आफूहरूको विगत ६ वर्षदेखिको प्रेमसम्बन्धलाई गतवर्षको फागुनमा विवाहमा परिणत गरेका थिए । 

null

सुरक्षा पछिल्लो समयकी चर्चित अभिनेत्री हुन भने मानवले पनि केही फिल्ममा अभिनय गरेका छन् । मानवले निर्देशन गरेका म्युजिक भिडियो समेत चर्चित छन् । 

फिल्म क्षेत्रमा प्रेम विवाह गरेका अरू थुप्रै जोडी छन् । निर्माता विनोद मानन्धर र अभिनेत्री करिष्मा मानन्धर, पुराना अभिनेता कृष्ण मल्ल र अभिनेत्री शर्मीला मल्ल, निर्माता सुनिल कुमार थापा र अभिनेत्री एवं निर्देशक झरना थापा, अभिनेता निखिल उप्रेती र अभिनेत्री संचिता लुँइटेल, अभिनेता मुकेश ढकाल र अभिनेत्री मेलिना मानन्धर, निर्देशक ऋषि लामिछाने र अभिनेत्री सरिता लामिछाने, अनुप बराल र दीया मास्के, संयम पुरी र आश्मा डिसी लगायतको जोडी फिल्म क्षेत्रको चर्चित जोडी हुन् ।

तस्वीरहरू: कलाकारको फेसबुकबाट

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x