०२ साउन २०८३, शनिबार

विद्यार्थीलाई निगमको आह्वान– वसन्त पञ्चमीका अवसरमा २५ प्रतिशत छुट छ, परिचयपत्रसहित आउनू

फागुन २, २०८०
काठमाडौं
विद्यार्थीलाई निगमको आह्वान– वसन्त पञ्चमीका अवसरमा २५ प्रतिशत छुट छ, परिचयपत्रसहित आउनू

नेपाल वायुसेवा निगमले वसन्त पञ्चमी (सरस्वती पूजा)का अवसरमा आफ्नो जहाजमा विद्यार्थीका लागि २५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।

२५ वर्ष उमेरसम्मका विद्यार्थीका लागि निगमले आफ्नो आन्तरिक उडानहरूको हवाई भाडादरमा सरस्वती पूजाका दिन बुधवारका लागि २५ प्रतिशत छुटको व्यवस्था गरेको प्रवक्ता रमेश पौडेलले विज्ञप्तिमार्फत जनाएका छन् । 

यसअघि पनि छुट प्रदान गर्दै आइरहेकोमा बुधवार पनि त्यसैलाई निरन्तरता दिएको उनले जानकारी दिएका छन् ।

छुटको सुविधाका लागि विद्यार्थी परिचयपत्र र जन्मदर्ताको प्रमाणपत्रसहित निगमको आन्तरिक टिकट बिक्री कक्षमा सम्पर्क राख्न प्रवक्ता पौडेलले आह्वान गरेका छन् । 

'वसन्त पञ्चमीका दिन साना बालबालिकालाई अक्षराम्भ गराइने प्रचलन रहेको सन्दर्भमा वायुसेवा निगमको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यार्थीलाई आफ्नो यात्रा खर्चमा थोरै भए पनि राहत पुगोस् भनि २५ वर्ष उमेरसम्मका विद्यार्थीका लागि निगमले आफ्नो आन्तरिक उडानहरूको हवाई भाडादरमा २५ प्रतिशत छुट प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौं,’ बुधवार जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त सुविधाका लागि विद्यार्थी परिचयपत्र र जन्मदर्ताको प्रमाणपत्रसहित निगमको आन्तरिक टिकट विक्री कक्षमा सम्पर्क राख्नु पर्नेछ ।’

null


 


 

 
 

salt training

कमेन्ट गर्नुहोस्