
आईसीसी क्रिकेट विश्वकप लिग २ को आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्समाथि दबाब बनाएको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार बिहानी टस जितेर फिल्डिङ रोजेको नेपालले नेदरल्याण्ड्समाथि दबाब बनाएको हो ।
नेदरल्यान्ड्सविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ । नेपाललाई ललित राजवंशीले तेस्रो सफलता दिलाएका हुन् ।
१६औं ओभरको चौथो बलमा ललितले नेदरल्यान्डका साइब्रान्ड एंगलब्रेक्टलाई २३ रनमा आउट गरे।
खेलको तेस्रो बलमा नै सोमपाल कामीले नेदरल्याण्ड्सका माइकल लेभिटको विकेट लिए । जतिबेला नेदरल्याण्ड्सले खाता नै खोल्न सकेको थिएन । नेदरल्याण्ड्सका अर्का ओपनर म्याक्स ओडाउड भने रन आउट भए । उनी टिमको स्कोर २८ रन हुँदा व्यक्तिगत १० रनमा आउट भएका थिए ।