०१ असार २०८३, सोमबार

विश्वमा देखिएका जातीय तनाब र आतंकवादबाट शान्ति सैनिकले खतराको समाना गर्नुपरेको छ: प्रधानमन्त्री

फागुन ८, २०८०
काठमाडौं
विश्वमा देखिएका जातीय तनाब र आतंकवादबाट शान्ति सैनिकले खतराको समाना गर्नुपरेको छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  वर्तमान विश्वमा देखिएका जातीय तनाब र आतङ्कवादका कारण भएका द्वन्द्वले शान्ति स्थापनार्थ खटिएका सैनिकहरूले खतराको सामना गर्नुपरेको बताएका छन् । ‘चौथो शान्ति प्रयास’ अभ्यासको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले वहुस्तरीय प्रकृतिका द्वन्द्वका विषयमा आआफूहरू सचेत हुनुपर्ने बताए । 

शान्ति स्थापना कार्यहरू जटिल राजनीतिक–सैन्य–मानवीय प्रयासका रूपमा विकसित भएको उल्लेख गदै उनले शान्ति सैनिकले अझ धेरै बुझ्नुपर्ने र तयारी गर्नुपर्ने अवस्था आएको बताए । 'संयुक्त राष्ट्रको शान्ति स्थापना कार्यको विश्वास र वैधानिकता कायम राख्न नयाँ जटिल चुनौतीहरूका माझ विश्वमा कसरी शान्ति प्रदान गर्ने भनेर हामीले पुनः मूल्याङ्कन गर्नुपर्ने भएको छ,' उनले भने । 

शान्ति स्थापनाको महत्त्वलाई अतिरञ्जित गर्न नहुने बताउँदै उनले त्यसका लागि मानवताको गहिरो भावना, प्रतिबद्धता र कमजोरलाई जोगाउने हस्तक्षेप गर्ने तत्परता आवश्यक पर्ने बताए । 

उनले कठिन चुनौतीको सामना गर्दै वीरता र करुणका साथ सेवा जारी राख्ने शान्ति सैनिकहरूको प्रशंसा गरे । 

नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा शान्ति र समानताका लागि निरन्तर र जोडदाररूपमा वकालत गरेको र आगामी दिनमा पनि गर्ने स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले भने, 'नेपालको प्रतिबद्धता विश्वमा शान्ति र सद्भावका चाहनामा निहित छ ।' नेपालले हाल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सबैभन्दा धेरै सेना र प्रहरी खटाउने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्