१२ असार २०८३, शुक्रबार
सीतापाइला हत्याकाण्ड

सामुहिक हत्या गरेर भागेकालाई खोज्दै प्रहरी पुग्यो जङ्गल, भेटिए झुण्डिएको अवस्थामा

फागुन ९, २०८०
काठमाडौं
सामुहिक हत्या गरेर भागेकालाई खोज्दै प्रहरी पुग्यो जङ्गल, भेटिए झुण्डिएको अवस्थामा

बुधवार बिहान करिब ७ देखि ८ बजेबीचमा काठमाडौंको सीतापाइलामा हृदयबिदारक घटना भयो । सोलुखुम्बु निवासी काजी भनिने राजु घिमिरेले नार्गाजुन नगरपालिका–६ भैरव टोलमा आफ्नै परिवारका ३ जनाको हत्या गरे । उनले आफ्नी श्रीमती ३९ वर्षीया ईश्वरी श्रेष्ठ (विक), ८ वर्षीया छोरी अनिशा र २ वर्षीया नातिनी सिवानाको सामुहिक हत्या गरेका हुन् । हत्यापछि उनले पनि आत्महत्या गरेका छन् ।

अचम्म त के छ भने हत्यापछि काजी आफैँले ससुरा इन्द्रजीत श्रेष्ठलाई फोन गरेर घटनाबारे जानकारी गराएका थिए । यहाँसम्मकी आफू नै ‘हत्यारा हुँ’ भनेर !

null 

‘उसले मैले श्रीमती, छोरी र नातिनी मारेँ, जे गर्ने हो गर है भनेर फोन काट्यो,’ इन्द्रजीतले लोकान्तरसँगको कुराकानीमा भने ।  यसलगत्तै इन्द्रजीतले प्रहरीलाई खबर गरे । उनी काजी बसेको घरतर्फ हतारिँदै लागे । 

परिवारका ३ सदस्यको हत्या गर्नुअघि काजीले आफ्ना १४ वर्षीय छोरा अनिशलाई तरकारी किन्नका लागि भन्दै बिहान सीतापाइला चौकमा पठाएका थिए ।  साथै हत्याको भिडियोसमेत बनाएका रहेछन् । ‘चोकैको पसलमा गएर सामान ल्याएस् भन्दै उसले छोरालाई पठाएको पाइएको छ,’ ससुरा इन्द्रजीतले थपे, ‘उसले हत्याको भिडियो बनाएर मलगायत सालो (मेरो छोरो) सासु (मेरी श्रीमती) र उसकै छोरा अनिशलाई पनि पठाएको रहेछ ।’ 

ससुरा इन्द्रजीतका अनुसार काजीले हत्यापछि छोरा अनिश बाटोमा भेटेर आफूले आमा, बहिनी र भतिजीको हत्या गरेको बताएका थिए ।

null

काजीको परिवार भैरव टोलमा फ्ल्याट भाडामा लिएर बस्ने गरेका थिए । त्यहाँ उनीहरूका ६ जना सदस्य बस्दै आएको घरबेटीले बताए । मृतक ४ जना, १५ वर्षीय छोरा अनिस र काजीकी बुहारी बस्दै आएका थिए । संयोवश बुहारी भने बिहानै काम गर्न बाहिर निस्केकी थिइन् । यसकारण उनको भने ज्यान बचेको छ । 

आरोपी काजीका एक छोरा विदेशमा वैदेशिक रोजगारीमा रहेका छन् । आफन्त सुनीता राई (मृतक ईश्वरीकी फुपू)का अनुसार ईश्वरीले काजीसँग दोस्रो विवाह गरेकी थिइन् । काजीसँग विवाह गर्दा उनले छोरा पनि साथमै लिएर आएकी थिइन् । ‘यो सानी नानी जेठो छोरो पट्टीकी हो । भतिजीले यहाँ आउँदा लिएर आएकी थिइ,’ सुनीताले लोकान्तरसँग भनिन् । 

घटना भएको थाहा पाएपछि प्रहरी वृत्तको टोली बुधवार बिहानै घटनास्थलमा पुग्यो । घटनास्थलमा सँगसँगै अपराध अनुसन्धान कार्यालयको टोली पनि पुगिसकेको थियो । हत्यापछि काजी माथि जङ्गलतर्फ लागेको जानकारी स्थानीयहरूले दिएपछि अपराध महाशाखाको टोली उनलाई खोज्नतर्फ लाग्यो । यता वृत्तको टोली घटनाको मुचुल्का लगायतका कामतर्फ लागिसकेको थियो । 

महाशाखाको टोली भने अपराधी भाग्ने डरले उनको खोजीमा लागेको थियो । टोलीले प्राविधिक अनुसन्धान गर्दा काजीको फोनको लोकेसन करिब ९ बजेतिर नागार्जुनको जङ्गलमा देखिएको थियो । ‘हत्यापछि अपराधी भाग्छ भन्ने लागेर हामीले टेक्निकल अनुसन्धान गर्दा जङ्गलमा देखिएपछि खोज्दै त्यहाँसम्म गएका थियौं,’ अनुसन्धानमा खटिएका एक अधिकारीले लोकान्तरसँग भने ।

null 

उनको खोजीका लागि अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठोरसहितको टोली जङ्गलतर्फ लागेको थियो । त्यो टोलीले काजीलाई खोज्दै नार्गाजुनको जङ्गलसम्म पुग्यो । सो क्रममा उनी सल्लाको रुखमा झुण्डिएको अवस्थामा भेटिए । 

लोकान्तरको टीम पनि प्रहरीसँगै पुगेको थियो । त्यहाँ पुग्दा पहेँलो हुडी लगाएका काजीले पहेँलै डोरी घाँटीमा बाँधेर आत्महत्या गरेका थिए । 

उनलाई फेला पारेर फर्किँदै गर्दा एसएसपी राठोरले काजी केही समयअघिसम्म जिउँदै रहेको तर १ घण्टाको बीचमा उनको मृत्यु भएको बताए । ‘सही तथ्य त पोस्टमार्टमले ल्याउँला । तर १ घण्टा (बिहान करिब ११ बजे) अगाडिसम्म उ जिउँदै थियो,’ एसएसपी राठोरले भने । 

त्यसपछि प्रहरी वृत स्वयम्भूको टोली पुगेपछि महाशाखाको टोली त्यहाँबाट फर्किएको थियो । 

विवाहेत्तर सम्बन्धको आशंका

घरवेटी बद्री बजगाईंका अनुसार काजीको परिवार बाहिरबाट हेर्दा निकै खुशी देखिन्थ्यो । उनको घरमा एक वर्षदेखि बस्दै आएका उनीहरू कहिल्यै झगडा गरेको र ठाडाे स्वर गरेको सुनिएको थिएन ।

null 

यतिसम्मकी घटनाको १ दिनअघि मंगलबार बेलुका ससुरा इन्द्रजीत श्रेष्ठ र काजीसहित परिवार सँगै बसेर खाजा खाएका थिए । त्यसपछि उनले ससुरालीमा सामान पनि पुर्याएका थिए । ‘हिजो हामीसँगै थियौं । त्यो मेरी अर्की छोरीको घरमा पूजा भएकाले सँगै सामान लिएर आएका थियौं,’ इन्द्रजीतले लोकान्तरसँग भने । उनका अनुसार काजीले नातिनीलाई निकै माया गर्थे । 

१ वर्षअघिसम्म कलंकीको खसीबजारमा खाजा पसल सञ्चालन गर्दै आएका थिए । आफन्तहरूका अनुसार काजीले त्यो पसल के कारणले बन्द गरे भन्ने कुरा खुलेको छैन ।  प्रहरीको प्रारम्भिक अनुसन्धानमा काजी र ईश्वरीबीचको सम्बन्धमा तेस्रो केटाको प्रवेश भएका कारण उनीहरूबीच खटपट भएको देखिएको छ । 

‘ईश्वरीको मोबाइलमा अर्कैसँग च्याट भएको देखिन्छ । त्यसले पनि ईश्वरीको अर्कैसँगको सम्बन्धका कारणले यस्तो घटना भएको हुनसक्ने अनुमान अहिलेको हो,’ अनुसन्धानमा खटिएका एक अधिकारीले लोकान्तरसँग भने । 

प्रहरीले अहिले सबै जनाको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज लगेको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्