०८ असार २०८३, सोमबार

कांग्रेस सर्लाहीका सभापति सिंह भ्रष्टाचार मुद्दामा सर्वोच्चबाट पनि दोषी ठहर

फागुन १५, २०८०
काठमाडौं
कांग्रेस सर्लाहीका सभापति सिंह भ्रष्टाचार मुद्दामा सर्वोच्चबाट पनि दोषी ठहर

नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंह भ्रष्टाचार मुद्दा दोषी ठहर भएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले मंगलवार उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर हुने फैसला गरेको हो ।​

सर्वोच्चले गरेको फैसलामा कैद र जरिवानाको सजाय भने खुल्न बाँकी छ ।

विशेष अदालतले दोषी ठहर गर्दै साढे ३ वर्ष कैद र साढे ३ करोड जरिवानाको फैसला सुनाएपछि उनी पुनरावेदनका लागि सर्वोच्च पुगेका थिए । तर सर्वोच्चले उनको पुनरावेदनमा दाबी नपुग्ने भन्दै दोषी ठहर गरेको हो ।

सिंहले सर्लाहीमा सिसौ काटेर भारतमा तस्करी गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषमा मुद्दा दायर गरेको थियो ।

विशेषमा मुद्दा दायर हुनुभन्दा अगाडि उनी ६ महिना अख्तियारको हिरासतमा बसेका थिए ।​

मन्समरा सिँचाई आयोजनामा उपभोक्ता समितिको अध्यक्ष हुँदा भ्रष्टाचार गरेको कसूरमा पनि सिंह सर्वोच्चबाट दोषी ठहर भएका थिए ।

सिंह नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ आरजु देउवा निकट मानिन्छन् ।

salt training

कमेन्ट गर्नुहोस्