०५ असार २०८३, शुक्रबार

नाटक ‘रिफण्ड’ आजदेखि पब्लिक शोमार्फत मञ्चन

फागुन २६, २०८०
पाेखरा
नाटक ‘रिफण्ड’ आजदेखि पब्लिक शोमार्फत मञ्चन

फागुन १४ गतेदेखि पोखरा थिएटरको गन्धर्व नाटक घरमा ‘बुकिङ शो’ मार्फत मञ्चन भइरहेको नाटक ‘रिफण्ड’ आजदेखि ‘पब्लिक शो’ मा मञ्चन भएको छ ।

यही फागुन २८ गतेसम्म मञ्चन हुने नाटक आज दिउँसो १ बजे, आइतवार र सोमवार साँझ ५ बजे मञ्चन गरिने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए ।

उनका अनुसार हालसम्म बुकिङ शोमार्फत १४ पटक मञ्चन भएको नाटक करिब तीन हजार दर्शकले हेरिसकेका छन् । पब्लिक शोमार्फत नाटक हेर्न रू दुई सय शुल्क निर्धारण गरिएको छ ।

हङ्गेरियन लेखक फ्रिज क्यारेन्थिले सन् १९३८ मा लेखेको यो नाटकलाई नारायण न्यौपानेले नेपालीमा अनुवाद गरेका हुन् ।

कक्षा ११ को अनिवार्य अङ्ग्रेजी विषयमा समावेश भएको ४० मिनेट अवधिको नाटकले घोकन्ते शिक्षाभन्दा व्यावहारिक र सीपमूलक शिक्षामा जोड दिएको छ ।

नाटकमा रमेशबाबु तिमल्सिना, धनकाजी श्रेष्ठ, मिलन श्रेष्ठ, रोहित पौडेल, आदित्य सुनार, ज्योति हमाल, सुशन पौडेल र रोशनी रामदामको अभिनय हेर्न पाइन्छ ।

पोखरा थिएटरको प्रस्तुतिमा तयार भएको नाटकको निर्देशन पोखरा थिएटरको अध्यक्षसमेत रहेका परिवर्तनले गरेका छन् ।

पछिल्लो समयमा नाटकप्रति स्कुलमा अध्ययनरत विद्यार्थीको आकर्षण बढेको भन्दै थिएटरको संयोजनमा पोखराका १७ विद्यालयमा नाटकको कक्षा सञ्चालन भइरहेको थिएटरका संस्थापक सदस्य दीलप्रसाद गुरुङले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्