२५ असार २०८३, बिहीबार

जसपाले बोलायो संसदीय दलको बैठक

फागुन २९, २०८०
काठमाडौं
जसपाले बोलायो संसदीय दलको बैठक

जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय दलको बैठक आह्वान गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि बुधवार प्रतिनिधि सभाबाट लिने विश्वासको मतलगायत विषयमा छलफल र निर्णय गर्न बैठक बोलाइएको हो ।

बैठक मंगलवार अपरान्ह ४ बजे सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा बस्नेछ ।

सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले दिएको जानकारीअनुसार आजको बैठकले वर्तमान सरकारमा पार्टीको उपस्थितिका साथै सरकारलाई विश्वासको मत दिनेलगायत विषयमा निर्णय गर्नेछ ।

यसअघि विश्वासको मत दिएको नेपाली कांग्रेसले सो मत फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले भोलि संसद्‌बाट विश्वासको मत लिने कार्यक्रम छ ।

salt training

कमेन्ट गर्नुहोस्