२२ असार २०८३, सोमबार

बाँकेका सहायक वन अधिकृत पार्धेविरुद्ध भ्रष्टाचार मुद्दा दायर

फागुन २९, २०८०
काठमाडौं
बाँकेका सहायक वन अधिकृत पार्धेविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

७ हजार रुपैयाँ घुससहित पक्राउ परेका बाँकेको सव-डिभिजन वन कार्यालय, राँझामा कार्यरत अधिकृत पार्धेविरुद्ध मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार पार्धेले काठ चिरानका लागि सिफारिश गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएका थिए ।

उनलाई विशेष सूचनाका आधारमा आयोगको सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले ७ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।

आयोगले ७ हजार रुपैयाँ बिगो कायम गरेर सोही बमोजिमको जरिवाना र कैद सजायको मागदाबी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्