×

NMB BANK
NIC ASIA

गुल्मीको धुर्कोटमा ‘विचित्र गुफा’ : बढ्न थाले विदेशी पर्यटक

गुल्मी | फागुन २९, २०८०

NTC
Premier Steels

गुल्मीको धुर्कोट गाउँपालिकामा रहेको विचित्र गुफामा पहिलोपटक विदेशी पर्यटक पुगेका छन् ।

Muktinath Bank

धार्मिक एवं ऐतिहासिक तथा पर्यटकीय क्षेत्रका रुपमा पहिलोपटक १७ फ्रान्सेली नागरिक गुफा हेर्न पुगेका हुन् । यति धेरै सङ्ख्यामा बाह्य पर्यटकको आगमन भएपछि गुफा समिति र गाउँपालिकाले टीका तथा माला लगाएर पर्यटकलाई स्वागत गरेको गाउँपालिकाका अध्यक्ष भूपाल पोख्रेलले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलोपटक गुफा पुगेकी ८२ वर्षीया फ्रान्सेली नागरिक मार्गट लिनदेन गुफा हेरेपछि आफू निकै खुसी भएको बताइन् । निकै सुन्दर र रमणीय ठाउँ भएको भन्दै उनले आफू स्वदेश फर्केपछि अरू साथीहरूलाई पनि यसको महत्व र सुन्दरताका बारेमा जानकारी गराउने बताइन् ।


Advertisment
Nabil box
Kumari

गुफाभित्र देखिएका दृश्य साह्रै आकर्षक र भिन्न-भिन्न आकृतिले प्राकृतिक रुपमा सजिएको उनको भनाइ थियो । गुफामा पुगेका पर्यटकले भजन गीतको तालसँगै नाचगान गरेर एक-आपसमा खुसी साटासाट गरेका थिए ।

Vianet communication

गुल्मीको सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा धुर्कोट–५ अन्तर्गत वस्तुमा यो गुफा रहेको छ ।​

विसं २०४५ मा बारीमा मकै खान गएको बाँदरलाई लखेट्ने क्रममा स्थानीय जनार्दन भण्डारीले पहिलोपटक उक्त ठाउँमा गुफा रहेको पत्ता लगाएका थिए । विगत लामो सयमदेखि विचित्र गुफा हेर्नका लागि आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । 

पछिल्लो समयमा यसको प्रचारप्रसार स्वदेशमा मात्र नभई विदेशमा पनि हुन थालेपछि विदेशी पर्यटकको समेत आगमन हुन थालेको हो ।

विभिन्न समयमा एक/दुईजना काम विशेषले आएको समयमा फाटफुट रुपमा विदेशी नागरिक गुफा हेर्नका लागि आउने गरे पनि यस पर्यटककै रुपमा गुफा हेर्नका लागि यति धेरै फ्रान्सेली नागरिक आएको गाउँपालिका अध्यक्ष पोख्रेलले जानकारी दिए ।

गाउँपालिकाको आग्रहमा अरविन्द्र आश्रममा योग साधनाका लागि आएका उनीहरू आश्रमका गुरु रामचन्द्र दासको नेतृत्वमा टोलीले गुफाको अवलोकन गरेको हो ।

गुफाको लम्बाइ एक सय ८५ मिटर र चौडाइ तीन सय ५० मिटर रहेको छ । यति लामो भूभागमा फैलिएको विचित्र गुफाको मुख्य द्वारबाट भित्र पसेपछि थप पाँच द्वारको प्राकृतिक आकार देख्न सकिन्छ । 

स्थानीयका अनुसार विसं २०४५ को असारमा गुफा पत्ता लागेको हो ।

गुफा बाहिरको प्राकृतिक सुन्दरता र हरियालीले गुफाको थप शोभा बढाएको छ । गुफाको भित्तामा देखिने धार्मिक महत्व बोकेका विभिन्न आकृतिका चित्रले थप आकर्षण बढाएको छ । 

गुफा क्षेत्रको विकासका लागि अहिलेसम्म गाउँपालिका, प्रदेश र सङ्घबाट गरी रु दुई करोडभन्दा बढी रकम लगानी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिए ।

उक्त गुफा सदरमुकाम तम्घासबाट १८ किलोमिटरको दूरीमा पर्दछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x