सहकारी ठगीमा जोडिएका रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाएकोमा नेपाली कांग्रेसले संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग जवाफ माग गरेको छ ।
प्रधानमन्त्रीले विश्वासको मत लिने दिन बुधवार बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेस सचेतक सुशीला थिङले सहकारी ठगीमा जोडिएका लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै संसदमा जवाफ माग गरेकी हुन् ।
प्रतिनिधि सभामा विगत केही दिनदेखि विवादास्पद मन्त्रीको बारेका कुरा उठेको र सहकारी ठगीमा नाम जोडिएका व्यक्तिलाई गृहमन्त्री बनाएर प्रधानमन्त्रीले उथलपुथल गरेको टिप्पणी उनले गरिन् ।
स्वार्थ बाझिने मुद्दामा आफ्नो मुद्दामा आफैँ फैसला गर्ने गरी गृहमन्त्री बनाइएकोमा उनको आपत्ति थियो ।
यस विषयमा प्रधानमन्त्रीले संसदमा चित्तबुझ्दो जवाफ नदिएसम्म संसद् सहज ढंगले अगाडि बढ्न नसक्ने चेतावनी समेत उनले दिएकी छन् ।