३१ असार २०८३, बुधबार
दोषीलाई भाग्न नदिन गृहको निर्देशन

सुन तस्करीमा आयोगले दोषी ठहर्‍याएकाहरू प्रहरीको उच्च निगरानीमा

चैत २, २०८०
काठमाडौं
सुन तस्करीमा आयोगले दोषी ठहर्‍याएकाहरू प्रहरीको उच्च निगरानीमा

विमानस्थल भन्सार कार्यालय बाहिरबाट बरामद भएको झण्डै ६१ केजी सुन र विद्युतीय चुरोट (भेप)मार्फत भित्रिएको सुन तस्करी सम्बन्धमा छानबिन आयोगले दोषी ठहर भएकाहरू प्रहरीको उच्च निगरानीमा परेका छन् ।

आयोगले दोषी ठहर गरेकाहरू भाग्ने आशंकामा बिहीवारदेखि नै प्रहरीले विशेष निगरानी गरिरहेको सुरक्षा स्रोतले जानकारी दियो ।

‘सुन तस्करीमा जोडिएकाहरू नभागुन् भनेर हिजैदेखि प्रहरीलाई अलर्ट राखिएको छ’, गृह स्रोतले लोकान्तरसँग भन्यो ।

उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्य संयोजकत्वको आयोगले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा लगायतलाई दोषी ठहर गर्दै कारबाहीको सिफारिस गरेको छ ।

प्रतिवेदन कार्यान्वयनबारे निर्णय गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले शुक्रवार मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । 

आयोगले अध्यागमन विभागका पूर्व महानिर्देशक झलकराम अधिकारी लगायतलाई कारबाहीको सिफारिस गरेको छ ।

आयोगले विभागीय कारबाही सिफारिस गरेपछि सीआईबी प्रमुख किरण बज्राचार्यको जिम्मेवारी खोस्ने तयारी पनि सरकारले गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्