×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीको स्पष्टीकरण

संसद्‌मा प्रचण्डको जवाफ– सहकारी ठगीमा रविको संलग्नता प्रमाणित भएको छैन

अनुसन्धानमा कैफियत देखिए कारवाही गर्ने प्रतिबद्धता

काठमाडाैं | चैत ६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको प्रमाण फेला नपरेको बताएका छन् । रविविरुद्ध पोखराको सूर्यदर्शन सहकारीका पीडितले पूरक उजुरी दिए पनि त्यसमा प्रमाण नभएको उनले बताए । 

Muktinath Bank

मंगलवार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले अनुसन्धान गर्ने निकायले अहिलेसम्म रविले सहकारी ठगी गरेको प्रमाण फेला नपरेको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनुसन्धानमा कैफियत देखिएमा कारवाही गर्ने प्रतिबद्धता प्रचण्डले जनाए । ‘विगतमा पनि मिडिया ट्रायल हुँदै आएको थियो, सत्यता कति गम्भीर हो भनेर हेर्ने स्थिति बनेको थिएन । कांग्रेसले यति गम्भीर रूपले उठाएपछि आफैंले खोजबिन गरें, सम्बन्धित सरकारी निकायको रिर्पोट अध्ययन गर्ने कोसिस गरें’ प्रचण्डले भने, ‘हालसम्मको अनुसन्धानले सहकारीको कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको र अदालतको विचाराधीन मुद्दामा जोडिएको देखिएको छैन । रकम हिनामिना गरेको भन्दै गरेको जाहेरी दरखास्तमा कसैको नाम किटिएको थिएन । सहकारीको रकम हिनामिनामा १९ जनालाई कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । ४ जना पक्राउ परेका छन्, बाँकीको खोजी । मूल उजुरी परेको ६ महिनापछि माघ २२ गते पूरक जाहेरी दिइएको छ । रवि लामिछाने सहकारी हिनामिनामा संलग्न रहेको कुनै आधार र प्रमाण पेश गरिएको छैन ।’ 


Advertisment
Nabil box
Kumari

आधार प्रमाणविनाको उजुरी दायर भएको प्रचण्डले बताए । रविको नाममा गएको ऋण फर्स्यौट भइसकेको समेत उनले दाबी गरे । ‘रवि लामिछानेको पार्टी सरकारमा सहभागी भएपछि संसद्‌को नियमित काम कारवाही प्रभावित हुनेगरी उठाउनु स्वय प्रतिपक्षी दलका सदस्यले बुझ्नु पर्ने विषय हो’ उनले भने, ‘अनुसन्धान प्रभावित गर्ने भए अर्को मन्त्रालयमा गए पनि हुन्छ ।’ 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x