×

NMB BANK
NIC ASIA

गगनको रणनीतिक मुभ

आक्रामकता बढाउँदै गगन- तीर रवितिर, निशाना पार्टीकै शक्ति सन्तुलनमा !

काठमाडाैं | चैत ६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

कांग्रेसको भावी नेतृत्वका लागि दाबेदारी गर्दै आएका कांग्रेस महामन्त्री गगन थापा पछिल्लोपटक फेरिएको सत्ता समीकरणपछि झनै आक्रामक बन्न पुगेका छन् । 

Muktinath Bank

कांग्रेसले टिकाउन खोज्दाखोज्दै पनि २१ फागुनमा आफूसहितको गठबन्धन धरापमा परेपछि सभापति शेरबहादुर देउवा रक्षात्मक अवस्थामा छन् । तर, कांग्रेसलाई एक्लै चुनावमा होम्ने सार्वजनिक उद्घोष र संस्थागत प्रयासमा लागेका थापालाई यो घटनाले झनै आक्रामक बन्ने मञ्च प्रदान गरेको छ । कुनै पनि चुनावी गठबन्धनको पक्षमा लाग्न नहुने पैरवी गर्दै आएका थापालाई यो घटनाले झनै आफ्ना माग चर्काउने ठाउँ दिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘गठबन्धन दीर्घकालीन होइन, यो तत्कालको खाँचो टार्ने एउटा बाटो मात्रै हो भन्ने महामन्त्रीको प्रस्ताव थियो । चुनावअघि नै मिलेर जाने सहमति भएकाले उहाँले राजनीतिक रूपमा पार्टीको चुनाव चिह्नमा मात्रै भोट दिनुपर्ने आशयमा प्रस्ताव नरम बनाउनुभयो,’ कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी भन्छन्, ‘तर गठबन्धनविरोधी विषय हिजो नभए पनि भोलि पारित हुने अवस्था थियो । कांग्रेसले आफूसहितको समीकरण टिकाउन खोज्दाखोज्दै प्रधानमन्त्रीले अकस्मात् समीकरण बदलेपछि दुवै महामन्त्रीले ल्याउन खोजेको प्रस्ताव उचित थियो भन्ने देखिएको छ ।’


Advertisment
Nabil box
Kumari

गठबन्धन टुटेपछि प्रधानमन्त्रीले धोका दिएको भनेर पार्टीले संस्थागत रूपमै प्रतिवाद गर्‍यो । यसैले अब गठबन्धनप्रति मोह राखेर महासमितिको निर्णयलाई परिमार्जन गर्ने बाटो बन्द भएको पनि सिवाकोटी बताउँछन् । 

Vianet communication
Laxmi Bank

‘महासमिति अघिदेखि बैठकमा समेत गठबन्धनविरोधी मत तीव्र रूपमा प्रकट भएका थिए । तर, पार्टीलाई संस्थागत रूपमा अप्ठ्यारो पर्छ भन्ने भएपछि केही नरम बन्ने स्थिति बन्यो,’ सिवाकोटी भन्छन्, ‘अकस्मात् गठबन्धन भत्किएकाले अब केन्द्रीय समितिबाट महासमितिको निर्णयलाई फाइनल गर्दा माओवादी र गठबन्धनप्रति कुन मोह राखेर परिमार्जन गर्ने ? यसैले महामन्त्रीले ल्याउन खोजेको र सदस्यले दिन खोजेको सुझाव समेट्दै अझै परिपक्व बनाएर आउनेमा बल पुग्ने भयो ।’ 

पार्टी एक्लै र बलियो भएर प्रस्तुत हुनुपर्ने गगनको दाबीको पक्षमा पार्टी संस्थागत रूपमै एक भएर उभिनुपर्ने अवस्थामा पुगेको छ । पछिल्लोपटक सहकारी प्रकरणमा जोडिएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको विषयलाई लिएर कांग्रेस आक्रामक बन्नुमा थापाकै जोडबल रहेको नेताहरू बताउँछन् । 

सभापतिसहितका नेताले एउटा नेता विशेषविरुद्धको अडानमा पार्टी लाग्न नहुने आशय व्यक्त गरेका थिए । तर, अनायास आफूहरूलाई धोका दिएको र विवादित पात्र रविलाई च्यापेर समीकरण चलाएको थापासहितका नेताको आग्रहपछि कांग्रेसले संस्थागत रूपमै रविको विषयमा आक्रामक बन्ने नीति लिएको हो । 

महामन्त्री थापाले स्वार्थ बाझिने गृहमन्त्रीलाई पदमा बस्ने नैतिकता नभएको भन्दै राजीनामा दिनुपर्ने विषयलाई मुख्य बटमलाइन बनाएका छन् । 

बजेट निर्माणसहित महत्त्वपूर्ण विषयका बहस र छलफललाई नरोक्ने तर गृहमन्त्रीको विषयमा संसदमा अवरोध गर्ने चेतावनी कांग्रेसले दिएको छ । पछिल्लो गठबन्धनमा निर्णायक (२१) सीट रहेको रास्वपामाथिको कांग्रेस दबाब अर्थपूर्ण देखिन्छ ।  

‘शरणार्थी प्रकरणको विषयमा खुट्टा नकमाऊ भनेर रोस्ट्रमबाट बोलेको हुँ । सुन तस्करी छानबिनका लागि आयोग बनाउने कुरामा साथ दिएको हुँ । अख्तियारले छानबिन गरेकालाई घर पठाऊ भनेको थिएँ’, थापाले सोमबारको संसद् बैठकमा भनेका थिए, ‘सत्तापक्षबाट कसैले भन्नुहुनेछ, सुनकाण्डमा एक जनाले पनि उन्मुक्ति नपाओस्, रुखको छहारीमुनि बसेको होस् कि घाम ताप्ने या घण्टी बजाउने होस् भन्ने हिम्मत गर्नुपर्छ ।’

रविमाथि छानबिनको माग गर्दै प्रधानमन्त्रीले जवाफ दिनुपर्ने विषय कांग्रेसले संस्थागत रूपमा उठाएपछि मंगलबार प्रधानमन्त्रीले रविका सम्बन्धमा कुनै कैफियत नदेखिएको बताए । पर्याप्त प्रमाण भेटिए कारबाही अगाडि बढ्न सक्ने उनको भनाइ थियो । लगत्तै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले रविविरुद्ध पर्याप्त प्रमाण रहेकाले सर्वसाधारण नागरिक ठगिएको विषयमा संसदीय छानबिन समितिको माग गरेका छन् । 

बजेट निर्माणसहित महत्त्वपूर्ण विषयका बहस र छलफललाई नरोक्ने तर गृहमन्त्रीको विषयमा संसदमा अवरोध गर्ने चेतावनी कांग्रेसले दिएको छ । पछिल्लो गठबन्धनमा निर्णायक (२१) सीट रहेको रास्वपामाथिको कांग्रेस दबाब अर्थपूर्ण देखिन्छ ।  

गगनका अनेक दाउ

गगन कांग्रेसको सभापति मात्रै होइन, कुनै दिन नेपालको प्रधानमन्त्रीसम्म बन्नेगरी तयारीमा छन् । यसका लागि शुरूमा समूहको नेता बन्ने धुनमा उनी देखिन्छन् । अहिले उनको समूहका नेता डा. शेखर कोइराला छन् । तर, शेखरले एकपटक सभापतिमा प्रतिस्पर्धा गरेकाले १५ औं महाधिवेशनमा आफू सभापतिको दाबेदार बन्न पाउनुपर्ने मत थापाको छ ।

महत्त्वपूर्ण मुद्दामा आफ्नो प्रस्ट दृष्टिकोण र पोजिसन राखेर आफूलाई नेताको रूपमा उभ्याइराख्ने रणनीतिमा थापा छन् । कांग्रेसले निर्णय नलिँदै सडकमा गणतन्त्रको नारा लगाउनेदेखि केपी ओलीले संसद विघटनमा न्यायालयलाई खबरदारी गर्ने र भुटानी शरणार्थी प्रकरणमा पार्टीकै नेतामाथि अनुसन्धान अगाडि बढ्दा सरकारलाई खुट्टा नकमाउन आग्रह गर्ने हिम्मत गगनले राख्दै आएका छन् ।

उनले बोलेका इस्यु कुनै न कुनै समयमा छिनोफानो हुने बाटोमा पुगेका छन् । यसैले सर्वसाधारणले आफ्नो गाँस कटाएर जम्मा गरेको पैसा ठगिएको विषयलाई थापाले यसपटक ठूलो इस्यु नै बनाउन खोजे । पार्टीले पनि यसमा संस्थागत रूपमा अडान लिएपछि थापा स्वयंलाई राजनीतिक रूपले फाइदा हुने पनि नेताहरू बताउँछन् । 

null

‘सबैथोक राजनीतिक लाभहानी खोजेर गरिँदैन । तर, कतिपय विषयको प्रभावले लाभहानीको बाटो पनि लिन्छन्,’ थापा निकटका कांग्रेस नेता भन्छन्, ‘संसद् भनेको प्रश्न गर्ने ठूलो मञ्च हो । यसमाथि निर्वाचित महामन्त्रीले बोलेका र अडान लिएका विषयले महत्त्व राख्छन् । इस्यु बन्छन् । यसले केही राजनीतिक लाभ पक्कै हुनेछ ।’

कांग्रेस प्रतिबद्ध हुँदा पनि प्रधानमन्त्रीले समीकरण बदलेको सभापतिले भेउ नपाएको र उनको रणनीतिले फेल खाएको रूपमा पनि चर्चा हुन थालेको छ ।

राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले गणतन्त्रको नारादेखि अहिलेसम्म आइपुग्दा गगन शुरूमा एक्लो देखिए पनि अन्ततः उनका एजेन्डा पार्टीको बन्ने गरेको बताउँछन् । 

‘अहिले मात्रै होइन, गगनले गणतन्त्र, संविधानसभासहितका जति पनि इस्यु उठाए । उठाउँदा उनी एक्लो थिए, तर अन्तिममा पार्टी त्यही एजेन्डामा हिँडेको देखिन्छ । यो पृष्ठभूमिका आधारमा विश्लेषण गर्दा उनी दूरगामी दृष्टिकोणका साथ नीति तय गर्छन् भन्ने देखाउँछ,’ वाग्ले भन्छन्, ‘लामो समयदेखि प्रि–इलेक्सन गठबन्धनविरुद्ध धारणा राख्दै अउनुभएको थियो । यसले पार्टीलाई कमजोर बनाउँछ भन्दै आउनुभयो । महासमितिमा प्रस्ताव नै ल्याएर पारित हुनेसम्मको स्थिति बन्यो । तर, लगत्तै निर्वाचनपूर्वको गठबन्धन भत्किएर नयाँ बनेपछि राजनीति र सैद्धान्तिक रूपले गगनले उठाएका विषय उचित छन् भन्ने देखाउँछन् ।’ 

नेतृत्वका लागि हुनुपर्ने आवश्यक वैचारिक, सैद्धान्तिक र दुरदर्शिता गगनमा देखिनुले उनी भावी नेतृत्वका लागि काबिल छन् देखाउने उनी बताउँछन् । 

राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले गणतन्त्रको नारादेखि अहिलेसम्म आइपुग्दा गगन शुरूमा एक्लो देखिए पनि अन्ततः उनका एजेन्डा पार्टीको बन्ने गरेको बताउँछन् । 

‘नेतृत्वमा हुनुपर्ने, वैचारिक, राजनीतिक, सैद्धान्तिक, नीतिगत, रणनीतिक सबै दृष्टिकोण उहाँमा छन् । क्षमता र योग्यता, दुरदर्शिता पनि उहाँसँग छन्,’ वाग्ले भन्छन्, ‘पछिल्ला घटनाक्रममा उहाँले लिएका अडान र नतिजाले गगन पार्टी नेतृत्वका लागि समेत सशक्त दाबेदार बन्दै आउनुभएको छ भन्ने देखाउँछ ।’

महासमिति बैठक (फागुन ७ देखि १०)मा सभापति देउवाले गठबन्धनविरोधी विषय कुनै पनि प्रस्तावमा नआओस् भन्ने चाहेका थिए । तर, महामन्त्री गगन थापाको सांगठनिक प्रस्तावमा अर्को पार्टीको चुनाव चिह्नमा भोट हाल्न हुँदैन भन्ने प्रारम्भिक प्रस्ताव ल्याए । अर्को पार्टीको चिह्नमा भोट दिन्नौं भन्ने शब्दावली हटाउन देउवाले निकै पापड पनि बेले । 

भाषालाई नरम बनाएर कांग्रेसले आफ्नै रुख चिह्नमा भोट हाल्ने वाक्यांश लेख्दै महासमिति टुंग्यायो । तर, चार वर्षपछि हुने चुनावका लागि अहिले नै साझेदार दल बोलेको विषयमा आपत्ति जनाउँदै प्रचण्ड भड्किन पुगे । 

फागुन १० गते सकिएको महासमिति बैठकले अहिलेको समीकरणलाई बलियो बनाएर सत्ता गठबन्धन यो कार्यकालसम्मै जारी राख्ने निर्णय पनि गर्‍यो । तर, कांग्रेसले निर्णय गरेको १० दिनलगत्तै प्रचण्डले सत्ताको काँध फेरे । समीकरण बदल्दा कांग्रेस मन्त्री फेरबदल गर्न तयार नभएको, गठबन्धनविरोधी निर्णय गरेको, हिन्दू धर्मको विषयलाई बैठकमा प्रस्तुत गरेको र माओवादीको जनयुद्धलाई हिंसात्मक गतिविधि भनेकोजस्ता विषय देखाउँदै प्रचण्डले समीकरण फेर्नुपर्ने दाबी गर्दै आएका छन् । 

प्रचण्डले सत्ताको काँध फेरेपछि कांग्रेसले संस्थागत रूपमै उनीप्रति आक्रोश पोखेको छ । प्रचण्डले गम्भीर बेइमानी गरेको कांग्रेसको आरोप छ । पार्टीले नै प्रधानमन्त्रीको कदमको प्रतिवाद मात्रै व्यक्त गरेन, प्रधानमन्त्रीले लगाएका आरोपमा कुनै सत्यता नभएको भनेर समेत संस्थागतरूपमा निर्णय नै गरिदियो । 

रविलाई उक्साउने, देउवालाई गलाउने नीति

आफूविरुद्ध आक्रामक हुँदाको काउन्टरमा गृहमन्त्रीले कांग्रेस सभापति निकटका नेतादेखि विभिन्न निकटस्थ साझेदारमाथि छानबिन गर्न सक्ने अवस्था छ । सभापतिले लिएका राजनीतिक लाइन फेल गराउन सक्दाको फाइदा आफूलाई हुने बुझाइ थापाको देखिन्छ ।

‘राजनीतिक कर्ममा कतिपय विषय रणनीतिक पनि हुन सक्छन् । अहिले आफूमाथि छानबिनको माग कांग्रेसबाट भएपछि कांग्रेससँग जोडिएकाहरूमाथि छानबिन गर्ने उक्साहट रविलाई हुनसक्छ,’ ती नेता भन्छन्, ‘तर सहकारी ठगीले आमनागरिकको घर बिग्रेको छ । आफ्नै बचतको पैसा नपाउँदा औषधी खान नपाएर मर्ने, निधन भएकाका दाहसंस्कार गर्न दाउरा किन्न नसक्नेदेखि सुसाइड गर्नुपर्ने अवस्था आएको छ । यस्तोमा आमनागरिकको भावना कांग्रेसले नउठाए कसले उठाउँछ ?’

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x