×

NMB BANK
NIC ASIA

हवाई टिकटमा झेल : यात्रुलाई फिर्ता गर्नुपर्ने पैसाको हिसाब गोलमाल !

राजस्व विभागले थाल्यो अनुसन्धान, एयरलाइन्स र क्यानसँग माग्यो एक वर्षको विवरण

काठमाडाैं | चैत १३, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालमा इजाजत पाएका स्वदेशी तथा विदेशी एयरलाइन्स कम्पनी र नागरिक उड्डयन प्राधिकरणले हवाई यात्रुसँग उठाइएको अर्बौं रुपैयाँ अनियमितता गरेको आशंकामा राजस्व अनुसन्धान विभागले अनुसन्धान शुरू गरेको छ ।

Muktinath Bank

एयरलाइन्स कम्पनी र प्राधिकरणले यात्रुसँग उठाएको अर्बौं रकममा व्यापक अनियमितता गरेको आशंकामा विभागले अनुसन्धान शुरू गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पर्यटक र विमानस्थल सेवा शुल्कमा अनियमितता गरी राजस्व छल्नुका साथै उपभोक्ताबाट एक वर्षमा कम्तीमा एक अर्ब रुपैयाँ ठगी भएको हुनसक्ने विभागको अनुमान छ ।


Advertisment
Nabil box
Kumari

नेपाल आउने विदेशी नागरिकसँग लिइने पर्यटक शुल्क र प्राधिकरणले लिने यात्रु सेवा शुल्कमा अनियमितता भएको हुनसक्ने विभागको आशंका छ ।

Vianet communication
Laxmi Bank

विभाग स्रोतका अनुसार विदेशी तथा स्वदेशी एयरलाइन्स कम्पनीहरूले नेपाल आउने विदेशी पर्यटकसँग मात्र लिनुपर्ने पर्यटक शुल्क नेपाली नागरिकसँग समेत लिइरहेको पाइएको छ ।

पर्यटक शुल्कबापत प्रतियात्रु एक हजार रुपैयाँ र १३० रुपैयाँ भ्याट गरी कुल एक हजार १३० रुपैयाँ (एनक्यू) भनेर लिने गरिएको छ । 'प्रति यात्रु एक हजार १३० रुपैयाँका दरले पर्यटक शुल्क काट्ने गरिएको छ । विदेशी पर्यटकबाट मात्र असुल गर्नुपर्ने रकम नेपालीबाट समेत काटेको पाइयो,' विभाग स्रोतले लोकान्तरसँग भन्यो, 'यस विषयमा केही प्रमाण नै फेला परेकाले विभागले विस्तृत अनुसन्धान शुरू गरेको हो ।'

त्यसैगरी प्राधिकरणले यात्रु सेवा शुल्कबापत विदेश जाने नेपालीबाट प्रतियात्रु ३ हजार रुपैयाँ र आन्तरिकतर्फ प्रति यात्रु ५ सय रुपैयाँ शुल्क लिने गरेको छ । टिकट काट्दा पर्यटक शुल्क र यात्रु सेवा शुल्क टिकटमै काट्ने गरिएको छ ।

'टिकट काटिसकेर विविध कारणले व्यक्ति उड्न नपाएको अवस्थामा समेत प्राधिकरणले त्यस्तो शुल्क असुल उपर गर्ने गरेको पाइएको छ,' विभाग स्रोतले थप्यो, 'विदेश जाने तर, कुनै कारणवश उड्न नपाएर फर्किने गरेका यात्रुबाट समेत उक्त शुल्क उठाएर एयरलाइन्सहरूले ठगी गर्ने गरेको पाइयो ।'

nullविभागले विदेशी तथा स्वदेशी एयरलाइन्ससहित सबै एयरलाइन्स कम्पनीहरूलाई विवरण पठाउन चैत ९ गते नै पत्राचार गरेको थियो । ३२ वटा विदेशी एयरलाइन्स कम्पनी र आन्तरिक उडान गर्ने स्वदेशी ९ वटा कम्पनीसँग विभागले विवरण माग गरेको हो ।

अन्तर्राष्ट्रिय उडानका लागि आर्थिक वर्ष २०७९/०८० मा टिकट बिक्री भएर विविध कारणले उडान नगरेका यात्रुहरूको 'नन रिफन्डेबल' टिकटको विवरण ७ दिन भित्रमा सफ्ट कपीसमेत विभागमा पठाउन पत्राचार गरिएको हो ।  

टिकट नम्बर, प्यासेन्जरको नाम, नेपाली यात्रु वा विदेशी यात्रु के हो ? त्यसको विवरण, टिकटको भाडा, विभिन्न शुल्कहरू (वाईक्यु, एनपी, एनक्यु, बीसिक्स) सहित काटिएको विवरण समेत विभागले माग गरेको छ ।

त्यसबाहेक विभागले प्राधिकरण र अध्यागमन विभागसँग समेत उक्त विवरण माग गरेको छ । 'टिकट काटेर विविध कारणले व्यक्ति उड्न नपाउँदा एयरलाइन्स कम्पनीले भाडा मात्र फिर्ता गर्ने तर, ती शुल्कहरू भने फिर्ता नगर्ने र अनियमितता गर्ने गरेको केही प्रमाणहरू फेला परेकाले विस्तृत अनुसन्धान शुरू गरिएको हो,' विभाग स्रोतले थप्यो, 'त्यो शुल्क एयरलाइन्स कम्पनीले राख्ने गरेका छन् कि टिकट काट्ने एजेन्टले लिने गरेका छन् भन्ने कुराको अनुसन्धान गरिरहेका छौं ।'

null

त्यसैगरी नागरिक उड्डयन प्राधिकरणले लिने गरेको शुल्क उपभोक्तालाई फिर्ता नगरी राजस्वमा जम्मा गर्छ वा अन्य कुनै व्यक्तिको गोजीमा जाने गरेको छ भन्ने विषयमा पनि विभागले अनुसन्धान गरिरहेको छ ।

एक वर्षमा उपभोक्ताबाट कम्तीमा पनि एक अर्ब रुपैयाँ ठगेको हुनसक्ने भन्दै तत्काललाई एक वर्षको विवरण मात्र मागेर अनुसन्धान शुरू गरिएको विभागले जनाएको छ ।

उदाहरणका लागि विदेश जाने एक यात्रुको टिकटमा वाईक्यु शुल्क भनेर ३ हजार ३७४ रुपैयाँ, एनपी शुल्क भनेर २ हजार ६६५ रुपैयाँ, टी६ भनेर ११ हजार ८३६ रुपैयाँ, डब्ल्यूवाई शुल्क भनेर २ हजार ४०१ रुपैयाँ लिइएको छ ।

हवाई भाडाबाहेक ती शुल्क लिने गरिएको छ ।

विदेश उड्ने यात्रुबाट ती शुल्क लिने गरिए पनि टिकट काटेर विभिन्न कारणले नउड्ने यात्रुको हकमा उठाएर फिर्ता नगरी आर्थिक हिनामिना गर्ने गरिएको विभाग स्रोतको दाबी छ ।

null

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले पनि अनुसन्धान भइरहेको पुष्टि गरे ।

'अहिले हामी प्रारम्भिक अनुसन्धानमै छौं । विवरण संकलन गर्ने र विश्लेषण गर्ने क्रममा छौं,' ढुंगानाले लोकान्तरसँग भने, 'सबै निकायसँग हामीले विवरण मागिरहेका छौं । केहीले दिएका छन् केहीबाट आउन बाँकी नै छ ।' प्राप्त विवरणको आधारमा भेरिफिकेसन गर्ने काम भइरहेको उनले बताए ।

प्राधिकरणका प्रवक्तासमेत रहेका उपमहानिर्देशक जगन्नाथ निरौलाले भने विगतमा त्यस्तो गल्ती हुने गरेको भए पनि अहिले नभएको दाबी गरे । 'विगतमा हातले (म्यानुअली) लेख्दा विभिन्न कारणले नउड्ने यात्रुको रकम फिर्ता नगरी अनियमितता हुने गरेको भनेर मैले पनि सुनेको हो,' निरौलाले लोकान्तरसँग भने, 'तर, अहिले त टिकटमा नै ती सबै शुल्क लेखिने गरेको हुनाले कुनै गडबडी हुँदैन ।'

एयरलाइन्सले लिने विभिन्न शुल्कबारे आफूलाई थाहा नहुने उनले बताए । 'आन्तरिकतर्फ तीन किसिमका शुल्क लिन्छन् । एउटा प्यासेन्जर सर्भिस चार्ज, दोस्रो टिकट फेयर र तेस्रो फ्युल चार्ज लिने गर्छन्,' उनले थपे, 'ती तीन किसिमका शुल्क जोडेर आन्तरिकतर्फ एयरलाइन्सले टिकटमा नै लिने गरेको छ । त्यसबाहेक विदेशी एयरलाइन्सले के कति शुल्क लिने गरेको छ त्यसबारे मलाई थाहा भएन ।'

प्राधिकरणले भने प्यासेन्जर सर्भिस चार्ज मात्र उठाउने गरेको उनले बताए । 'त्यो पनि टिकटमै समावेश हुने गरेको छ । उठेको शुल्क प्राधिकरणको राजस्व खातामा जम्मा हुन्छ,' निरौलाले लोकान्तरसँग भने ।

टिकट किन्दा एयरलाइन्सले नै यात्रुबाट पैसा संकलन गर्छ ।

'त्यसपछि हामीले महिना–महिनामा कति यात्रु उडेको छ, त्यसको रेकर्डअनुसार हिसाब गरेर डोमेस्टिकअन्तर्गत प्रति प्यासेन्जर ५ सय रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ ३ हजार रुपैयाँ लिने गरेका छौं,' उनले थपे ।

खराब मौसमका कारणले उडान रद्द भएको अवस्था होस् वा यात्रुले नै टिकट क्यान्सिल गरेको अवस्था वा अध्यागमन विभागले फिर्ता गरिदिएको अवस्थामा एयरलाइन्सले अर्को दिन उडान गर्दा म्यानेज गर्ने गरिएको उनको भनाइ छ ।

'म्यानुअली काम गर्दा विगतमा त्यस्तो किसिमको गुनासो आएको पनि हो,' निरौलाले भने,' तर, त्यही गुनासो सम्बोधन गर्नकै लागि सबै शुल्क टिकटमा गाभियो । अब अहिले कति प्यासेन्जर उड्छ त्यसको गणना गरेर शुल्क लिने गरिएको छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x