पुस ४, २०८०
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्–वोलिभारीयन–नक्सली–साईनिङ् पाथ ती सबै आफ्नो समयको जनयुद्धका वीर लडाकुहरू र महान् योद्धाहरू हुन् । तिनै योद्धाहरूको रगत र पसिनाको बलमा मानव दुनियाँ निरन्तर प्रगति पथमा हिँडिरहेको छ । जबसम्म वर्गसमाजको अवस्था रहिरहने छ तबसम्म जनयुद्धको आवश्यकता पनि भइरहने छ । यसर्थ, भन्न सकिन्छ कि संसारभर आफ्नो स्वतन्त्रता र मुक्तिको लागि उत्पीडित वर्ग र तप्काका जनताले लडेका युद्धहरू सबै जनयुद्ध नै हुन् । जनयुद्ध प्रत्येक समयको अग्रगामी र क्रान्तिकारी वर्गद्वारा लडिने युद्ध भएकोले यसको आधारभूत विशेषता न्यायपूर्ण र अग्रगामी अर्थात् क्रान्तिकारी हुन्छ । जनयुद्ध जनता स्वयंको सहभागिता र नेतृत्वमा लडिने युद्ध भएकोले यसका रणनीति र कार्यनीतिहरू प्रतिक्रियावादीहरूका लागि अभेद्य हुन्छन् । यसर्थ, जनयुद्धको सिद्धान्त अपराजेय छ ।
जनयुद्ध आफैंमा अपराजित सिद्धान्त हुँदाहुँदै पनि यसका सञ्चालकहरू भने बेलाबखत हार्दै, पछारिँदै, तङ्ग्रँदै, फेरि उठ्दै र जित्दै आइरहेका छन् । जनयुद्धको यो विशिष्ट पक्ष हो । संसारभरिका जनयुद्धहरूले आफ्नो विजयको अन्तिम उद्घोष गर्न समयको एउटा निर्मम कालखण्ड ब्यहोर्नु परेका घटनाक्रमहरू मानव दुनियाँका लागि प्रशस्तै छन् । जनयुद्ध र त्यसका अनुयायीहरूका लागि विजय र पराजयको यो ‘सर्पिल’ किन पैदा हुन्छ भने प्रथमतः जनयुद्धका पहलकर्ताहरू जहिले र जहाँ पनि शुरूमा कमजोर तथा साना हुन्छन् । दोस्रो, उनीहरू परम्परा विरोधी हुन्छन् । तेस्रो, आ–आफ्नो समयको जनयुद्धका आ–आफ्नै मौलिकता र विशिष्टताहरू हुन्छन् ।
उता जनयुद्धका विरोधीहरू आफ्नो परम्परागत शक्ति र सामर्थ्य आर्थिक, सैनिक, प्राविधिक र अरु धेरै हिसाबले बलिया हुन्छन् । जनयुद्धकर्मीहरू प्रतिक्रियावादी सनातनी परम्पराका विरोधी हुने भएकोले उनीहरूलाई शुरू–शुरूमा धेरै मानिसहरूको साथ र समर्थन पनि कठिन हुन्छ । त्यसरी नै प्रत्येक देश, काल र परिस्थिति अनुरूपको विशिष्टतालाई जनयुद्धकर्मीहरूले सही ढंगले सम्बोधन गर्न नसक्दा पनि युद्धमा कहिलेकाँही उनीहरू पराजित हुनु अनिवार्यजस्तै हुन्छ । अतः विजय र पराजयको सर्पिल बाटोबाट अघि बढेर मात्रै जनयुद्धले अन्तिम विजयलाई चुम्ने गर्दछ ।
यो वर्ष हामीले नेपाली जनयुद्धको २९औं वार्षिकोत्सव मनाएका छौं । २०५२ फागुन १ गते बाट शुरू भएको यो युद्धका २८ वर्ष पूरा भएका छन् । युद्ध अवधिका दश वर्षहरू एउटा भिन्नै रौनक र विशिष्टतासहित सम्पन्न हुने गरेका थिए । जबकि, त्यो बेला जनयुद्धको ताकत परम्परागत सत्ताको तुलनामा निकै कमजोर र सानो थियो । तर, आफ्नो विकास प्रक्रियामा जनयुद्ध सानोबाट ठूलो र मात्राबाट गुणात्मक बन्दै गयो ।
जनयुद्धका ती वर्षहरू महान् बलिदान, अद्वितीय उपलब्धि र उच्च गौरवका वर्षहरू थिए । दशकको लडाईँपश्चात् विजय या पराजयको छिनोफानो नहुँदै जनयुद्धको जीवनमा निकै ठूलो हेरफेर आयो । जनयुद्ध कथित ‘शान्ति प्रक्रिया’मा बदलियो । त्यसलाई जनयुद्धको नयाँ कार्स बताइयो । ‘शान्तिकाल’को आरम्भिक समयमा सम्पूर्ण पार्टी पंक्तिमा विश्वास र उत्साहकै अवस्था रहे पनि त्यो लामो समय टिक्न सकेन । त्यसपछिका वर्षहरू एकपछि अर्को सन्देह, सकस, अविश्वास हुँदै कष्ट र अपहेलनाका वर्षहरूमा बदलिन थाले । जबकि, शान्तिकालको आरम्भमा जनयुद्ध सात डिभिजन सेनासहित पुरानो सत्ताको आमनेसामने निकै ठूलो ताकतकासाथ उभिएको थियो ।
नयाँ मोर्चा अन्तर्गतको एउटा महत्वपूर्ण मोर्चा परिभाषित प्रथम संविधानसभामा समेत माओवादी पार्टी पहिलो दलकारूपमा उपस्थित थियो । तर, समयक्रमसँगै जनयुद्ध एकपछि अर्को कमजोर हुँदै गयो । त्यसको मुख्य ताकत जनमुक्ति सेना ‘माओवादी लडाकु’मा परिणत भयो । शहिद–बेपत्ता योद्धाका परिवारहरू ‘द्वन्द पीडित’ बनाइए । प्रथम संविधानसभाको विघटन भयो । घाइतेहरूको कष्ट उनीहरूको निजी मामिलामा सीमित भयो । हुँदाहुँदै आजको समयसम्म आइपुग्दा माओवादी नेता–कार्यकताहरू ‘हारेका, थाकेका, अल्छे, चोर, लुटेरा’ इत्यादि करार गरिँदै छन् ?
कसले भनिदेओस् कि माओवादी जनयुद्धको उत्प्रेरणा वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक मुक्तिको सपना थियो भन्ने ? एउटा स्वाधीन राष्ट्र निर्माणको सपना थियो भन्ने ? मानिस कोही कसैले पनि त्यति सजिलै आफूलाई बलिभेदिमा समर्पित गर्दैन । माओवादी कार्यकर्ताहरू जसले आफ्नो पढाइ, व्यवसाय, जागिर त्यागेर आन्दोलनमा होमिएका थिए । आमाबाबा, छोराछोरी, श्रीमानश्रीमती त्यागेर युद्धमा सहभागी भए, त्यो त्यति सजिलो कुरा थियो ? आज कोही कसैले चोकचौतारामा बसेर कुरा काटेजस्तो सजिलो थिएन जनयुद्धको यात्रा ? समयका पल–पल र यात्राका पाइलापाइलामा हर योद्धाको मृत्यु भुनभनाइरहेको हुन्थ्यो । अन्यथा, कसरी सम्भव हुन सक्थ्यो हजारौंको बलिदान र हजारौं हजारको जेल–नेल ? तर, पनि त्यो सबैका लागि स्वीकार्य थियो यसर्थ कि, एउटा सुन्दर समाज र एउटा समुन्नत देश निर्माणको सपनाले माओवादीहरूलाई थाक्न दिँदैन्थ्यो, सुस्ताउन दिँदैन्थ्यो ।
यहाँसम्म कि आफन्त, सँगीसाथीहरूको मृत्युमा रुनसमेत दिँदैन्थ्यो ! सबैभन्दा धेरै र कठिन काम गर्नु, सबैभन्दा कम आराम गर्नु, लडाईँको अग्र मोर्चामा आफूलाई दर्ज गर्नु, समाजका बेथिति मात्र होइन पार्टी भित्रकै बेथितिविरुद्ध विद्रोह बोल्नु माओवादी आदर्श र जनयुद्धको मूल्य थियो । तर, बिडम्बना उनै मानिसहरू आज समाज र परिवारबाट मात्र बहिष्कृत मात्रै भएका छैनन् बरु राजनीतिको कथित ‘मूलधार’बाट समेत तिरस्कृत बनाइएका छन् ! उनीहरूको आँसु, रगत र पसिना अर्थहीन मात्र होइन उपहासको विषय बनिरहेको छ । विडम्बना त यो भयो कि हिजोका सहकर्मी, सहयोद्धाहरू नै आज सम्पन्न र विपन्न, सत्तासीन र विद्रोही दुई कित्तामा विभक्त भएका छन् । विचारबाट स्खलित र वर्ग उत्थान भएको त्यो पंक्तिबाटै माओवादी मूल्यका विरुद्ध हमला भैरहेको छ । जनयुद्धको विद्रुपीकरण भैरहको छ !
जनयुद्धको २९औं वार्षिकोत्सव मनाइएको बेला दश बर्से जनयुद्धको प्रमुख नेतृत्वकर्ता पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै सरकारको प्रधानमन्त्री पदमा आसीन थिए/छन् । मुखौटो र देखौटो मात्रै भए पनि उनको सरकारले घोषणा गरेको फागुन १ लाई सार्वजनिक बिदा दिने भन्ने निर्णयसमेत उनकै अदालतले खारेज गरिदियो । यसो पछाडि फर्केर हेर्दा समयको श्रृंखलाअन्तर्गत केही अनौठा संयोगात्मक कुइनेटाहरू देखिन्छन् । २०६३ मंसिर ५ गते जनयुद्ध अन्त्यको घोषणा गर्दा पार्टीको प्रमुख नेतृत्वमा कमरेड प्रचण्ड नै थिए । २०६८/०६९ मा गरिएको जनमुक्ति सेनाको विघटन र प्रथम संविधान सभाको विघटन गर्दा पनि पार्टीको शीर्ष स्थानमा उनै प्रचण्ड थिए ।
यी सबै परिघटनाहरूको योगमा भन्नु पर्दा माओवादी आन्दोलन नराम्ररी पछारिएको छ । हामी माओवादीहरूले एउटा तितो पराजय बेहोरिरहेका छौं । जनयुद्ध षड्यन्त्रको चक्रव्यूहमा फसेको छ । भलै यो पराजय केवल माओवादीको मात्र नभएर नेपाली अग्रगमनकारी र देशभक्त राजनीतिक धाराको समेत पराजय हो र यसको समाधान पनि सोही स्तरबाट खोजिनु अबको आवश्यकता हो । फेरि पनि वर्गयुद्धका छर्राहरूले छियाछिया परेको तन र अन्तरसंघर्षका छर्राहरूले थिल्थिलो भएको मनलाई सुम्सुम्याउँदै, सम्हाल्दै, उठ्ने कोसिस गर्दै, लर्बराउँदै, पछारिँदै र फेरि सम्पूर्ण तागत र साहस बटुलेर सच्चा माओवादीहरूले, इमानदार क्रान्तिकारीहरूले र देशभक्तहरूले जनयुद्धको गौरवपूर्ण इतिहासलाई सम्झेका छौं, यो हाम्रो कर्तव्य हो !
हामीले इमान्दारिताकासाथ स्वीकार गर्नु पर्दछ कि जनयुद्धको हाम्रो यो यात्रामा हामी एक पटक पराजित भएका छौं । तर, हाम्रो यो पराजय इतिहासकै अन्तिम पराजयजस्तो गरेर केही मानिसहरूले जुन खालको कोकोहोलो मच्चाइरहेका छन् त्यो उनीहरूको षड्यन्त्र, विक्षिप्तता, आत्मरति या अज्ञानता मात्रै हो । अझ भन्ने हो भने माओवादी भित्रैबाट जनयुद्धलाई पराजित गर्ने र पराजयको लेपन लगाउने कार्य जसरी भइरहेको छ त्यो अत्यन्तै निन्दनीय छ । बेनी, खारा र तौलिहवाका मोर्चामा भएको पराजय केबल तारबार, बङ्कर या हवाई हमलाबाट मात्र सिर्जित थिएन ।
यो मुलतः माओवादी नेतृत्वको विचारमा बेरिएको तारबारको परिणाम थियो । किनकि, जसरी तत्कालीन शाही नेपाली सेनालाई ब्यारेक बाहिरको लडाईँ चुनौतीपूर्ण थियो त्यसरी नै ब्यारेक(किल्लाबन्दी) भित्रको लडाई जनसेनाको लागि चुनौतीपूर्ण थियो । त्यो त बराबरीको अवस्था थियो । अझ लडाईँको परिणामबाट हेर्ने हो भने जनमुक्ति सेनाले योजनावद्ध लडेका लडाईँहरूमा ८० प्रतिशत विजय हासिल गरेको छ ।
विडम्बनाकै कुरा त के भयो भने गणतन्त्र प्राप्तिको लडाईँमा अग्रमोर्चा सम्हालेको जनमुक्ति सेना पराजित सेनाकोरूपमा छिन्न भिन्न पारियो, जबकि गणतन्त्रविरुद्ध जनतालाई गोली ठोक्ने शाही सेना राष्ट्रिय सेनाको रूपमा पुनर्परिभाषित भयो । लिखित र अलिखित अपमानपूर्ण सम्झौताका एक एक पानाहरूमा मूल नेतृत्वले लाचारीपूर्ण सही छाप लगायो । हो, यही विडम्बना नै जनयुद्ध पराजयको अन्तर कथा हो । इतिहासले समयक्रममा मूल्याङ्कन अवश्य गर्नेछ कि जनयुद्धको यो पराजय मुलतः नेतृत्वको पराजय हो । नेतृत्वमा हुनु पर्ने इमानदारिता, साहस र विवेकको पराजय हो ।
जनता र मित्रहरूलाई यो वास्तविकता बुझाउन भलै केही समय अवश्य लाग्नेवाला छ । त्यसका लागि हामीले एउटा चरण फेरि कठोर मेहनत गर्नै पर्दछ । तर, हामीले दृढतापूर्वक भन्नै पर्दछ कि हाम्रो पराजयले हामीलाई अब हुने गल्तीबाट जोगिन निकै राम्रो शिक्षा प्रदान गरेको छ । हाम्रो विजयको सुनिश्चिततालाई परिपक्व र अझ निकट बनाइदिएको छ ।
सबैले जानेमानेको कुरा के हो भने युद्ध राजनीतिकै अर्को रूप हो । युद्धमा राजनीतिका दाउपेचहरू अवश्य हुन्छन् । हरेक वर्ग र प्रत्येक विरोधीले आफ्नो हितलाई प्रथम स्थानमा राखेर नै राजनीतिक दाउपेचमा उत्रिएको हुन्छ । तर, कुनै पनि युद्धमा जब निर्धारित लक्ष्य र उद्देश्यभन्दा बाहिर रहेर जब कमाण्डरले सम्झौता गर्दछ या आफ्नो हठ लागू गर्दछ भने त्यो या त गद्दारीमा टुङ्गिन पुग्दछ या स्वयंप्रति धोकामा परिणत हुन्छ । आफ्नो घोषित लक्ष्यमा माओवादी(विशेषतः प्रचण्ड–बाबुराम)ले नयाँ जनयुद्ध भनेर परिभाषित गरेको शान्ति प्रक्रिया र लोकतान्त्रिक गणतन्त्रले नेपाली जनतालाई के दियो ? नेपालको उत्पीडित वर्ग र तप्कालाई के दियो ? आम जनताको तहबाट हेर्ने हो भने एउटा माओवादी कार्यकर्ताले आफ्नो अपाङ्ग शरीरबाट पिप चुहाउँदै सिंहदरबारतिर फर्केर उपचारको याचना गर्नु, देशमा व्याप्त आर्थिक सामाजिक विसङ्गतिको कारण एउटा आम युवाले संसद्भवन अगाडि शरीरमा आगो झोसेर आत्मदाह गर्नु र रत्नपार्कको सडक पेटीमा बसेको बटुवाले अशक्त शरीर घिसार्दै दुनियाँ समक्ष भिख माग्नुउस्तै कुरा बन्न पुग्यो !
यदि शान्ति सम्झौताको परिणाम नेपालमाथि लादिएका असमान सन्धि सम्झौताहरू खारेज भएको भए, नेपाली जनताले शिक्षा, स्वास्थ्य र रोजगारको सहज अवसर पाउन सकेको भए, वैदेशिक ऋण भार विगतभन्दा घटेको भए, कृषि र उद्योगमा आत्मनिर्भरताको युग शुरू भएको भए अवश्य पनि शान्ति प्रक्रिया जनयुद्धको नयाँ कोर्स साबित हुने थियो । जबकि, जनयुद्धको उद्देश्य पनि त्यही थियो । तर, परिणाम बिल्कुल उल्टो भयो । यसो हुनुमा माओवादी नेतृत्व(प्रचण्ड–बाबुराम) १२ बुँदे सहमतिको ‘मायावी’ बन्धनमा बाँधिनुले हो । १२ बुँदेको जगमा खडा गरिएको कथित शान्ति सम्झौता नेपाली इतिहासमा राष्ट्रघातको नवसंस्करण हो र वर्गघातको तितो परिघटना हो ! सच्चा देशभक्त र क्रान्तिकारीहरूले अब पनि कथित शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्रको ‘पारदर्शी जामा’ लगाएर सडकमा निर्लज्ज अट्टहास गर्नु जनता र राष्ट्रप्रति घात त हुँदै हो त्यो स्वयंमाथिको समेत आत्मघात हो । हामी क्रान्तिकारीहरूले त्यसलाई सम्पूर्णरूपले खारेज गर्नुपर्छ ।
दश बर्से महान् जनयुद्धमा प्रत्यक्ष वा अप्रत्यक्ष सहभागी सहकर्मीहरू, शान्तिप्रक्रियाका अत्यासलाग्दा करिब दुई दशकसम्म जनयुद्धको मूल्य शिरोपर गरेर जनयुद्धको महानतालाई रक्षा गरिरहेका सहयोद्धाहरू, सर्वहारा सिद्धान्तका इमानदार अनुयायीहरू, क्रान्तिकारी र देशभक्त मित्रहरूसँग हाम्रो हार्दिक आह्वान यो छ कि जनयुद्ध समयका प्रत्येक चरणमा भैरहने क्रान्तिको एक निरन्तर प्रक्रिया हो । मानव दुनियाँमा स्वतन्त्रता र स्वाभिमानको यो एक उत्कृष्ट सिद्धान्त र अजेय सामरिक रणनीति हो । आज पनि नेपाल न त विदेशी हस्तक्षेपबाट मुक्त हुन सकेको छ न वर्गीय उत्पीडनबाट नै मुक्त भएको छ ? बरु एकपछि अर्को उत्पीडन र शोषण बढिरहेको छ । समाजमा वर्गीय उत्पीडन चरम बढिरहेको छ । लाखौं लाख युवाहरू रोजगारको लागि विदेशिएका छन् । देश युवाविहीन बन्दैछ । धनीहरू अचाक्ली धनी बन्ने र गरिबहरू अचाक्ली गरिब बन्ने प्रक्रिया तीव्रतम बढिरहेको छ । विदेशी हस्तक्षेप बढिरहेको छ । राष्ट्रघाती सन्धिहरू थपिएका छन् । हिजो दुई ढुङ्गाबीचको तरुल भनिएको नेपाल अब ‘तीन पहाडबीचको युद्ध उपत्यका’ बन्नेतिर परिस्थिति धकेलिँदैछ ।
राष्ट्र र जनताको जीवन धरापमा राखेर आफ्नो सीमित स्वार्थ पूरा गर्न यी दुवै खाले उत्पीडन सञ्चालनको केन्द्रमा वर्तमान दलाल पूँजीवादी सत्ताका सञ्चालकहरू रहेका छन् । आर्थिक दलाली(भ्रष्टाचार), राजनीतिक अस्थिरता र सामाजिक बिखण्डनका खेलहरू खेल्नु उनीहरूको दिनचर्या बनेको छ । अतः भिन्न रूपमा दलाल पूँजीवादी सत्ता र नेपाली जनताबीचको संघर्ष आज पनि जारी नै छ । आउँदो समयको एउटा क्षणमा त्यो संघर्षले जनयुद्धको उच्चतम रूप धारण गर्नु र विजयी बन्नु अनिवार्य नै छ । भलै त्यो जनयुद्ध आफ्नै विशेषता र विशिष्टतासहितको हुनेछ । जनयुद्धको त्यो विजय नै श्रमिकहरू, किसान–मजदुरहरू, देशभक्तहरू, उत्पीडित जाती–क्षेत्र–समुदाय र देशको भलो चाहने अग्रगमनका पक्षपाती सबैको साझा अस्तित्व हुनेछ । हो, त्यही महान् जनयुद्धको पुनर्गठन र विजयको सुनिश्चितताका लागि सम्पूर्णमा हार्दिक शुभकामना !
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
मानिसहरू भन्छन्, जीबी राईले १६ अर्ब खायो । तर, मैले घरबाट निस्किएको दिन भात खान पनि पाइनँ । एक दाना स्याउको भरमा २४ घण्टा कटाएँ । काँकडभिट्टा पुगेपछि साह्रै तनाव भयो । त्यसपछि खाली पेटमा ए...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...
सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...
कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...