१६ असार २०८३, मंगलबार

नेपालबाट अवैध रूपमा भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ पक्राउ

चैत १६, २०८०
काठमाडौं
नेपालबाट अवैध रूपमा भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ पक्राउ

अवैध रूपमा भारत प्रवेश गर्न खोजेको आरोपमा दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपाल हुँदै सिद्धार्थनगर–काकरहवा क्षेत्रबाट उत्तर प्रदेश प्रवेश गर्न लागेका उनीहरूलाई भारतीय सुरक्षाकर्मीले मंगलबार नियन्त्रणमा लिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

समाचारमा जनाइएअनुसार पक्राउ पर्नेमा सिचुआनका झोउ पुलिन र ह्वाङजिनबावाकी युआन युहान छन् । भारतको सिद्धार्थनगर जिल्लाको नेपाल–भारत सीमा नजिकबाट एसएसबी र प्रहरीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरूरुको साथबाट दुईवटा चिनियाँ राहदानी, एउटा नेपाली पर्यटक भिसा र दुईवटा मोबाइल, दुईवटा नेपाली र दुईवटा चाइनिज सिम, दुईवटा साना झोलामा रहेका विभिन्न किसिमका नौ थान कार्ड बरामद गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्