३० असार २०८३, मंगलबार

जसपानिकट किसान महासङ्घको लुम्बिनी प्रदेश समिति गठन

चैत २१, २०८०
काठमाडौं
जसपानिकट किसान महासङ्घको लुम्बिनी प्रदेश समिति गठन

जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी किसान महासङ्घको  लुम्बिनी प्रदेश समिति गठन भएको छ । दाङ्को देउखुरीमा बुधवार आयोजित अगुवा किसान भेलाबाट सन्तोष पाण्डेको अध्यक्षतामा २९ सदस्यीय समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा माधव बर्मा, निरान्कार यादव, पुनिसरा मगर मुख्यसचिवमा जाबेद आलम सचिवहरू टेकराज केसी, कन्हैया राजभर र सचिवमा नीरा चौधरी चयन भएका छन् ।

पार्टीका लुम्बिनी प्रदेश समिति अध्यक्ष अशोक यादवको अध्यक्षतामा आयोजित कार्यक्रमलाई पार्टीका राजनीतिक समिति सदस्य एवम् किसान महासङ्घका अध्यक्ष सञ्जय सिंह, लुम्बिनी प्रदेश समितिका सह इन्चार्ज नवीन सुनुवार, लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेलगायतले सम्बोधन गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्