२५ असार २०८३, बिहीबार

गुजरातविरुद्ध पञ्जाबको रोमाञ्चक जीत

चैत २३, २०८०
काठमाडौं
गुजरातविरुद्ध पञ्जाबको रोमाञ्चक जीत

इंडियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सविरुद्ध पञ्जाब किंग्सले रोमाञ्चक जीत हात पारेको छ । बिहिबार राति सम्पन्न खेलमा पञ्जाबले गुजरातमाथि ३ विकेटको रोमाञ्चक जीत दर्ता गरेको हो ।

गुजरातले दिएको २०० रनको विशाल लक्ष्य पञ्जाबले १ बल बाँकी रहँदा ७ विकेट गुमाएर पूरा गर्‍यो। पञ्जाबको जितमा शशाङ्क सिंहले २९ बलमा ६१ रनको विष्फोटक इनिङ खेले । यस्तै प्रभसिम्रन सिंहले २४ बलमा ३५ रन बनाए ।

गुजरातका लागि नूर अहमदले २ तथा अजमतुल्लाह ओमारजाई, उमेश यादव, राशिद खान, मोहित शर्मा र दर्शन नलकण्डेले समान १-१ विकेट लिए ।

त्यसअघि अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनाएको थियो। गुजरातका लागि कप्तान शुभमन गिलले ४८ बलमा ८९ रनको अविजित इनिङ खेले ।

यस्तै साई सुदर्शनले ३३, केन विलियमसनले २६ तथा राहुल टेवाटियाले २३ रन बनाए । पञ्जाबका लागि कागीसो रबाडाले २ तथा हरप्रित ब्रार र हर्षल पटेलले १-१ विकेट लिए ।

salt training

कमेन्ट गर्नुहोस्