
काठमाडौं, २६ असोज- शेयर बजार परिसूचक नेप्से साताको अन्तिम दिन बढेको छ । बिहीबार नेप्से ४ दशमलव २ अंकले बढेर १५१० दशमलव ०२ अंकमा उक्लिएको छ। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १ दशमलव १३ अंकले बढेर ३१७ दशमलव ६३ अंकमा पुगेको छ।
बिहिबार कारोबार रकममा पनि सुधार आएको छ । बिहिबार १ सय ५४ कम्पनीका आठ लाख ९९ हजार कित्ता शेयरबर बराबर ४० करोड को कारोबार भएको छ । बिहिबार आठ समूहको कारोबारमा पाँच समुहमा गिरावट देखिएको छ भने तीन समूह बढेका छन्। होटल ४ दशमलव ०८, विकास बैंक ५ दशमलव ४२, जलबिद्युत ७ दशमलव ०३, फाइनान्स ३ दशमलव १३, बीमा २१ दशमलव ८ अंकले घटेका छन् ।
यसैगरी बैंक २ दशमलव ०१, ट्रेडिङ ० दशमलव २५ र अन्य समूह उपसूचक ३० दशमलव ०७ अंकले वढेका छन् ।