३१ असार २०८३, बुधबार

हाल नेपालमा पश्चिमी वायुको प्रभाव, गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

चैत २५, २०८०
काठमाडौं
हाल नेपालमा पश्चिमी वायुको प्रभाव, गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज (आइतवार) दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने छ । गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा र बाँकी पहाडी भागको एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी  तथा लुम्बिनी  प्रदेशको पूर्वी भागका तराईका केही स्थानमा हावा–हुरीको सम्भावना रहेको छ ।

यस्तै राति  देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने छ । 

कोशी र गण्डकी  प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्