
काठमाडौं, २७ असोज - विभिन्न तीनवटा सरकारी संस्थामा एक सय ४६ जनाको लागि जागिर खुलेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, काठमाडौं उपत्यका खानेपानी बोर्ड र विमा कम्पनी लिमिटेडमा जागिर खुलेको हो ।
केयुकेएलमा उपप्रबन्धक देखि सिनियर पलम्बरसम्मलाई ९१ जनाको जागिर खुलेको छ । बोर्डले चाहिँ प्रशासकीय अधिकृतदेखि कानून सहायकसम्म १९ जनाको लागि जागिर खोलेको छ । आजका मितिदेखि ३० दिन भित्रमा आवेदन दिन सकिने छ ।
बीमा कम्पनीले मुख्य व्यवस्थापकदेखि सहायकसम्मगरेर ३६ जनाको लागि जागिर खोलेको छ । विमा कम्पनीको जागिरका लागि चाहिँ कात्तिक २३ गतेसम्म आवेदन दिन सकिन्छ ।