×

NIC ASIA

सन्दर्भः नयाँ वर्ष

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

काठमाडाैं | बैशाख १, २०८१

Prabhu Bank
NTC
Premier Steels

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन जुन सम्पूर्णतामा परीक्षण गरिएको छैन । रहर र शक्तिका सीमाहरू नभएकाले व्यक्ति आत्मिक शुद्धतामा आउन सक्तैन भन्ने सुकरातको बुझाइ रहेको थियो । यसैले उनी एथेन्स (अहिले ग्रीसको राजधानी)का नागरिक स्वयम् विवेचित र स्वयम् परीक्षीत भएर सामाजिक आदर्शमा रहुन् भन्ने चाहन्थे । उनको एउटा चाहना एथेन्सबासी संसारकै महान होउन् भन्ने थियो । शुद्ध मानव व्यवहार त्यसको एकमात्र आधार थियो । 

Muktinath Bank

इशापूर्वको चौथो शताब्दी एक्काइसौं शताब्दीमा आइपुग्दा पनि समाजले मागेको कुरा एकै छ । यस शताब्दीका महान विचारक युुभल नोह हरारीले मानव सभ्यता र सत्ता व्यवस्थित गर्न विचारकहरूले चिन्ता, चिन्तन र चुनौतीमा रहनुपर्ने आवश्यकता औँल्याउँदै आएका छन् । मानिस स्वयम् विवेचनामा जान चाहँदैन तर निजत्वको निर्वाध उपयोग गर्न भने सँधै उद्यत रहन्छ । मानिसहरू स्वतन्त्रतामा सीमाहीन आशक्तिमा छन् । अरुको स्वतन्त्रताको ख्याल गर्दैनन् । यसलाई व्यवस्थित गर्न आद्यनूतन प्रणाली चाहिन्छ र स्वार्थको समर्पण चाहिन्छ । लोकतन्त्र संस्थागत नभएका मुलुकहरूमा अठारौँ शताब्दीको नेतृत्व, उन्नाइसौं शताब्दीको प्रणाली र एक्काइसौँ शताब्दीको चाहनामा छन् । गतावधिक नेतृत्व, प्रणाली र सोचवृत्तिबाट निरन्तर ज्ञान र विचार विष्फोट भइरहेको समाजमा नागरिक सन्तुष्टि (विकास र शासकीय अवसर) निर्माण गर्न सकिने अवस्था छैन । तर पनि हामी नागरिकमा आशाको विम्ब, रुपान्तरणको आकृति र समृद्धिको सपना पाल्नुको विकल्प छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मानिस अरुलाई सुधार्नभन्दा आफैँ सुध्रिन लाग्नु पर्छ । अरु उसैको सोच, संस्कार र स्वभावमा हिँड्ने गर्दछन् । तर व्यक्तिले आफूलाई नीतिनिष्ठामा लैजान भने सक्छ । आफूले आफैंप्रति न्याय गरे, आत्मिक सन्तुष्टिका लागि कर्म गरे आफूहरूको जोडले सभ्यता, समाज र राष्ट्र बन्ने गर्दछ । सुकरातले भनेको आत्मिक शुद्धता त्यही हो, आदर्श नागरिक त्यही हो । आफूले अरुबाट जे अपेक्षा गर्छ, आफूले त्यही गरेमा समाज रुपान्तरण सहज हुन्छ । तर अरुबाट चाहने आफू चाँहि आग्रही बन्ने, अरुको गल्ती–कमजोरी देख्ने आफ्नो सबै ठीक भन्ने सोचवृत्तिले व्यक्ति आफैँप्रति पनि प्रत्युत्पादक बन्छ, समृद्धि र रुपान्तरण झनै पछिल्तिर धकेलिने नै भयो ।


Advertisment
Nabil box
Kumari

‘इगो इन इनेमी’ मा र्‍यान होलिडे भन्छन्– स्वाभिमानले मानिस अग्लो बन्छ, तर अभिमानले आफैँलाई निकै पुड्को बनाउँछ । अभिमानका कारण समयको गति पैल्याउन नसकेका शासकहरू इतिहासमा आफैं कैद भए र अरुको सपनालाई पनि कैद गरे ।

Vianet communication

तर उनीहरूले अभिमानका अभिव्यक्ति दिइरहँदा अनुचरहरूले ताली दिएर अभिमानलाई सगरमाथामा पुर्‍याए । तर ती अनुचरले सोच्न सकेनन् कि शाहकको व्यक्तित्वलाई धुलोमा पनि मिलिरहेको छ भन्ने ! मोर्गन हसेलले ‘पैसाको मनोविज्ञान’मा भनेका छन्– लोभ र डर नै मानिसका आभ्यान्तरिक शत्रु हुन् । पैसा, पद, प्रतिष्ठा र पावरको लोभ मूलतः मानिसलाई महानताबाट निच बनाउने खराबी हुन् । र्‍यानले भने झै अभिमानले त्यो चिन्ने सामथ्र्यबाट व्यक्तिलाई अलग्याउँछ । सुखको मनोविज्ञानले पसिनाबिनाको उपलब्धि खोज्छ । तर त्यसले दिगोपनाको वास्ता गर्दैन । त्यसैले सुकरातले भने झैँ संस्था, समाज र शासन बनाउने कुरा आत्मिक शुद्धतामा पाइन्छ । आत्मिक शुद्धिलाई अभिमान, पैसा र सुखको मनोविज्ञानले साँघुर्‍याउँछ । 

नेपाली समाज विक्रमको एक्काइसौँ शताब्दीतर्फ अघि बढ्दै गर्दा फेरि एउटा क्यालेन्डर (पात्रो) फेरिएको छ । हाम्रो समाज लामो समयदेखि रुपान्तरण र समृद्धिको पखाईमा छ । समाजका सदस्यहरू समृद्धि र रुपान्तरणको सपना पूरा नुहँदा आक्रोसित छन् । एकअर्कालाई आरोप लगाइरहेका छन् । अर्को आरोपित हुँदा मनमनै दङ्ग छन् । अर्कोको अवनतिमा रमाएका छन् । आफूप्रति अर्काले हौसिएर आरोप लगाइरहेका छन् । यो आरोपै–आरोपको संस्कृतिले आउने पुस्ताले हामी सबैप्रति लगाउने आरोपप्रति कत्ति पनि ख्याल गरेका छैनौँ । र यो पनि भुलेका छौं– आरोप लगाउँदा–लगाउँदा आफैँप्रति नकारात्मक बनेका छौँ भन्ने । हाम्रो मनमा नराम्रा र नकारात्मक भावना चुलिँदै आएका छन् । आरोप संस्कृतिले समाजमा नकारात्मक डीएनए बेस्सरी संस्थागत भएको छ । हामीमा रहेको रुपान्तरणको बिम्बलाई नकारात्मक संस्कृतिले धुमिल बनाएको छ । हामी आफैँप्रति विश्वास गर्न नसक्ने अवस्थामा पुगिसकेका छौँ । अनविश्वासले अनविश्वास बढाएको छ । नकरात्मकताले नकारात्मकता बढाएको छ । आरोपले आरोप बढाएको छ । परिश्रम, पसिना र प्रयासको प्रवृत्ति हराइसकेको छ । घर, समाज, समुदाय र शासन सबैतिर नकारात्मकताले धमिल्याउदा आफै धमिलिएको कस्ले देख्ने ? यो धमिल्याइले हामी सबैलाई समयले बाई–बाई गर्दै गएको छ । समय भनेको पदचाप पक्डिन सके अवसर हो । नसके टोकियोबाट ओशाकालाई छुटेको शिन्कासेन (बुलेट ट्रेन) हो । एकपटक छुटेपछि त्यो सँधैलाई छुट्यो–छुट्यो, अब हामी त्यत्तिकै गतिमा हुँईकियौँ भनेपनि उ अगाडि बढिसकेको हुन्छ र कहिल्यै भेट्न सक्दैनौँ । समय र शक्तिलाई कहिल्यै सञ्चय गर्न सकिँदैन । नदी कहिले उल्टो फर्किएको छ र ? विगतलाई हेरेर भविष्यमा बढ्नुबाहेक के विकल्प छ र ? इतिहासले दिएको शिक्षा यही हो । 

विकासका लहरहरू विश्वमा पटकपटक आए । औद्योगिक क्रान्तिपछि त्यो लहर आउने क्रम शुरू भयो । फेरि साठीको दशकतिर अर्को लहर आयो । त्यसपछि फेरि नब्वेको दशकमा अर्को लहर आयो । अहिले एसियाको शताब्दीको लहर आइरहेको छ । समयका अवसरहरू लिन नसक्दा सबै समय हाम्रा लागि बितेका अवसर भए । महेन्द्रले लोकतन्त्रलाई थुनेर विकास दिन खोजे, ३० वर्ष मुलुक थुुनियो । लोकतन्त्रपछि सुशासन र उदारीकरणमा रुपान्तरण खोज्यौँ, राजनैतिक छालले मुलुकलाई फेरि किनारामा पुर्‍यायो । मौका छोपी ज्ञानेन्द्रले आफ्नै पिताको पदचापमा समय र स्वतन्त्रता कैद गरे, आन्दोलनले उल्ट्याइदियो । राजनैतिक शक्ति एकै ठाउमा आउन खोजे तर समयचेत र आत्मिक निष्ठा पररहेका कार्यकर्ताले समय र समृद्धिलाई अल्मल्याए । पटकपटक नेपाली आफ्नै कारण किनारमा पुग्यौं । दोष भने विदेशीलाई दियौं, विपदलाई दियौं र आफ्ना कमजोरी भने कहिल्यै देखेनौं । पटकपटक अवसर गुमाएका नेतृत्वबाट कुनै आशा नराखी युवाहरू अब त आन्दोलन पनि गर्न छाडे, अत्यन्त सीमित विकल्पमा मातृभूमिबाट बाहिरिए । अब त सपना पनि बाहिरिएको छ । यसमा पनि हामीले चिन्ता गरेका छैनौँ । मन दुखाएका छैनौँ ।  

त्यसैले ८१ सालले मनोक्रान्तिको आमन्त्रण गर्नुपर्छ, एउटा सम्पूर्ण मनोक्रान्ति । जुन मनोक्रान्तिमा हामी सबैमा विचार, दृष्टि, विश्वास, मूल्य र मान्यताहरूमा सकारात्त्मक रुपमा परिवर्तन सकियोस् । यो मनाक्रान्ति कसैका विरुद्ध नभएर सुकारातले भने झैँ आत्मिक शुद्धिका लागि हो । हराररीले भने झैं आफैंप्रति आफू बाँचेको समाज  र आफ्नाका लागि भोलिको समाजका लागि चिन्ता हो । जति सकारात्मक बन्यो, त्यति नै सकारात्मक उर्जा आउने हो । असल सोच, असल बुझाइ र असल कार्यले सामाजिक प्रजननशीलता बढ्छ । अहिले त्यसैको अभाव छ, मनोक्रान्तिले त्यसैको विजारोपण गर्नुपर्छ । 

साल वा सम्वत्ले मनोक्रान्ति ल्याउने होइन, हाम्रा विभ्रम र विब्ल्याँटाहरू पन्छ्याउने आन्तरिक शक्ति हामी प्रत्येकले ल्याऔं भन्ने हो । ‘डु नोथिङ’मा सेलेस्ट हेड्लीले बताएअनुसार धेरै गर्न वा नगर्न पर्दैन, तर सक्नेजति गर्नुपर्छ । केही पनि नगर्न कसरी सकिन्छ ? हाम्रा गराइ र उपलब्धिको हस्तान्तरण/परिमार्जनबाट नै संसार यहाँसम्म आएको हो । बट्र्रान्ड रस्सेलले परिश्रमविना उपलब्धिको आशा नगर्न बेलायतीहरूलाई आह्वान गरेका थिए र पो बेलायत विकसित बन्यो । पार्क चुङ हीले राष्ट्रबासीका लागि मन नदुख्ने, देशका लागि नरुने नेता भएसम्म राष्ट्र निर्माण हुँदैन भनेर कोरिया विकासको अभियान शुरु गरेका थिए । र पो दक्षिण कोरिया जापानलाई जित्ने सामथ्र्यमा अगि बढ्यो । हाम्रै नेपालमा संविधान नबन्ला कि भन्ने चिन्तामा रहेका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय समस्या समाधान समितिको बैठकमा सबै मन्त्री र सचिवलाई हात जोडेर भनेका थिए ‘संविधान नबनेसम्म कसैले कसैको मन नदुखाऊँ ।’ 

८१ सालले जिम्मेवारीमा रहेकाहरूले आफैँलाई विवेचना गर्ने र जिम्मेवारी लिने सोच–शक्ति दिनुपर्छ । नेताहरूले सोच र सदाचारमा दृष्टि र समयचेत बोकुन्, कर्मचारीहरू आक्रामक भएर कर्मको आचरण गरुन्, व्यावसायिक सदाचारलाई धर्म मानुन् । संस्थाहरूलाई सक्षम बनाउने र प्रणाली निर्माण गर्ने काम यिनै दुई वर्गको हो । नेताहरू तथ्य, संख्या र सूचनाभन्दा कथामा रमाएका छन्, त्यही कथा बोलिरहेका छन् । त्यो पनि पार्टीको कथा, पार्टको कथा । नेताहरूका आफ्नै भ्रम छन्, निजी कथाहरू छन् । भ्रमबाट माथि आउने सामथ्र्य नभएकाले जनताका कथा र सयमचेत छाँयामा छन् । कर्मचारीहरू जागिरमा बोलिरहेका छन् । यी दुई वर्ग पथभ्रान्त भएपछि अरुहरू बरालिने नै भए । विकास र समृद्धि हात पारेका मुलुकहरू आकस्मिक घटनाले होइन निरन्तरको निर्माण, विनिर्माण र परिश्रमले यहाँसम्म आइपुगेका हुन् । समय, समाज र शासनलाई न्याय गर्ने आत्मिक निष्ठाले मात्र राष्ट्र बन्छ । तर यो चेत भने आफैँभित्रबाट उमार्नु पर्छ । एकासी साल यही चेतना जगाउने मनोक्रान्तिमा आओस् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x