२४ जेठ २०८३, आइतबार

२ सय ७२ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

बैशाख ४, २०८१
काठमाडौं
२ सय ७२ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

सशस्त्र प्रहरीले २ सय ७२ किलो ३३ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत घर भएका सतनम सिंह छन् । उनलाई रुपन्देहीको रोहिणी गाउँपालिका–१ स्थित हुलाकी सडकखण्ड अन्तर्गत बाइपास इलाकाबाट मंगलवार कन्टेनरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार नेपालबाट भारततर्फ जाँदै गरेको यूपी ७८ बीटी ८२९७ भारतीय नम्बरको कन्टेनरबाट सो परिमाणको गाँजा फेला परेको हो ।

रुपन्देहीस्थित २७ नम्बर गणका एसपी आनन्द थापामगरको टोलीले उनलाई गाँजासहित नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका सिंहलाई बरामद गाँजा र ट्रकसहित आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाइएको डीएसपी थापाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्