२२ असार २०८३, सोमबार

क्यालिफोर्नियाको आगलागीमा परेर ३३ जनाको मृत्यु, सयौं वेपत्ता

कात्तिक २०, २०७४
क्यालिफोर्नियाको आगलागीमा परेर ३३ जनाको मृत्यु, सयौं वेपत्ता

सान फ्रान्सिस्को, २८ असोज– अमेरिकी राज्य क्यालिफोर्नियाको जङ्गलमा लागेको डढेलो बस्तीमा पसेपछि ३३ को मृत्यु हुनुको साथै अन्य सयौ बेपत्ता रहेका सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन ।

अमेरिकामा करिब २० बर्ष अगाडी अर्थात सन् २००१ को सेप्टेम्बर १ भएको भीषण डढेलोपछि अमेरिकी अग्निनियन्त्रकहरुले ठूलो सङ्ख्यामा ज्यान गुमाउनु परेको यो नै एक भयानक घटना भएको जनाइएको छ ।

गत आइतबार साँझबाट जंगलमा लागेको डढेलोपछि सहर बस्तीमा छिरेको थियो । आइतबार रातिदेखि लागेको भिषण डढेलोमा परी ज्यान जाने व्यक्तिको सङ्ख्या शुक्रबार बेलुकासम्म ३३ पुगेको र अझै अरु सयौं व्यक्ति हराइरहेका बताइएको छ ।

यसलाई क्यालिफोर्नियाको इतिहासमा नै प्राकृतिक प्रकोपबाट भएको यो सबैभन्दा ठूलो क्षति भएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्