३० जेठ २०८३, शनिबार
नेकपा एमालेको हीरक महोत्सव

देउवालाई अत्यन्तै आदरणीय नेता भन्दै ओलीले भने– अहिले पनि जोश तगडा छ

बैशाख १०, २०८१
काठमाडौं
देउवालाई अत्यन्तै आदरणीय नेता भन्दै ओलीले भने– अहिले पनि जोश तगडा छ
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अत्यन्त आदरणीय नेता भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाको प्रशंसा गरेका छन् । देउवामा अहिले पनि जवान जोश तगडा रहेको ओलीले टिप्पणी गरे ।

नेकपा स्थापनाको ७५ औं दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधनको अन्त्यमा ओलीले देउवाको प्रशंसा गरेका हुन् ।

‘मेरा अत्यन्तै आदरणीय मित्र शेरबहादुर देउवाजी, विपक्षी दलका नेता । पूर्वप्रधानमन्त्री । पूर्वप्रधानमन्त्री पनि ५ पल्ट भन्नु पर्छ– पूर्व पूर्व पूर्व पूर्व पूर्व भनेर र उहाँ काफी धेरै पल्ट प्रधानमन्त्री भएको व्यक्ति हुनुहुन्छ । र अहिले पनि जोश तगडा छ, यसो समातेर सिँढीबाट साथ दिन्छु भन्दा म सक्छु भन्नु हुन्छ । जवान जोश छँदैछ’, ओलीले भने ।

सम्बोधनको शुरूमा पनि ओलीले ‘मेरा पुराना मित्र, घरीघरी अल जोसिनु हुन्छ’, भनेर सम्बोधन शुरू गरेका थिए । उद्‌घोषकले पनि देउवालाई पार्टी अध्यक्ष ओलीका अनन्य मित्र भनेर सम्बोधन गरेका थिए ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित कार्यक्रमको उद्‌घोषक एमाले महासचिव शंकर पोखरेलले देउवालाई ‘हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीका जेल जीवनका अनन्य मित्र’ सम्बोधन गर्दै मञ्चमा बोलाएका थिए । ​

पछिल्लोपटक कांग्रेसका कतिपय नेताहरूले एमालेसँग मिल्नुपर्ने धारणा राख्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्