
सिन्धुलीका प्रहरी प्रमुख एसपी विनोद शर्मा काठमाडौंको नक्सालस्थित प्रहरी मुख्यालय तानिएका छन् । शर्मालाई गत फागुनमा मात्रै सिन्धुलीको इन्चार्ज बनाएर पठाइएको थियो । उनलाई तान्नुको कारणबारे प्रहरी मुख्यालयले खुलाएको छैन ।
शर्मा बिदा लिएर कार्यालयबाट हिँडेका छन् । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँबर सोमवार विहान मात्रै इन्टरपोलको बैठकमा सहभागी हुन फ्रान्स जानुअघि एसपी शर्मालाई फिर्ता बोलाउन निमित्त प्रहरी प्रमुख टेक प्रसाद राईलाई निर्देशन दिएका थिए ।
स्रोतका अनुसार शर्माले सिन्धुलीमा कमान्ड गर्न र त्यहाँका राजनीतिक दललाई ‘ब्यालेन्स’मा राख्न नसकेको आरोप छ ।