३२ असार २०८३, बिहीबार

अभ्यासका क्रममा मलेसियन आर्मीका दुई हेलिकप्टर ठोक्किए, १० जनाको मृत्यु

बैशाख ११, २०८१
काठमाडौं
अभ्यासका क्रममा  मलेसियन आर्मीका दुई हेलिकप्टर ठोक्किए, १० जनाको मृत्यु

मलेसियामा अभ्यासका क्रममा दुइटा सैनिक हेलिकप्टर ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।  दुर्घटना मलेसियाको लुमुटमा भएको हो, जहाँ नौसेना आधार छ ।

दुर्घटनामा परेका एउटा हेलिकप्टरमा ७ र अर्कामा ३ जना सवार थिए । हेलिकप्टर स्टेडियममा खस्नुअघि एक अर्कासँग ठोक्किएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार हालसम्म दुर्घटनामा कोही बाँचेको जानकारी प्राप्त भएको छैन।

मलेशियन नौसेनाका यी हेलिकप्टरहरू रोयल मलेशियन नौसेना उत्सवको लागि प्रशिक्षण गरिरहेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्